शनिबार, असोज १७, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • वालिङ मालपोत कार्यालयमा माछापुच्छ्रे बैंकको एक्सटेन्सन काउन्टर

वालिङ मालपोत कार्यालयमा माछापुच्छ्रे बैंकको एक्सटेन्सन काउन्टर

 |  बिहीबार, साउन ७, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, साउन ७, २०७८

काठमाडौं– माछापुच्छ्रे बैंकले स्याङ्जा वालिङ मालपोत कार्यालयमा एक्सटेन्सन काउन्टर स्थापना गरेको छ । मालपोल कार्यालयको राजश्व संकलन तथा त्यस वरपरका बासिन्दाको बैंकिङ आवश्यकतालाई मध्यनजर गर्दै एक्सटेन्सन कार्यालय संचालनमा ल्याएको बैंकले जनाएको छ । एक्सटेन्सन काउण्टरको वालिङ नगरपालीकाका मेयर दिलिपप्रताप खाँडले उद्घाटन गरे ।

बैंकले देशका हरेक वर्ग र समुदायसम्म बैंकिङ सेवाको पहुँचका लागि नयाँ स्थानहरूमा आफ्नो सेवा विस्तार गर्दै आएको जनाएको छ । सोही क्रममा बैंकले स्याङ्जाको वालिङमा सुरु गरेको उक्त काउन्टरमार्फत मालपोत कार्यालयको सम्पूर्ण राजश्व संकलनको साथसाथै आम नागरिकलाई आवश्यक पर्ने बैंकिङ सेवा प्रदान गर्नेछ ।
 

प्रकाशित: Jul 22, 2021| 07:12 बिहीबार, साउन ७, २०७८
प्रतिक्रिया दिनुहोस्