शनिबार, असोज १७, २०८३

आइएमई पे र मल्पी इन्टरनेसनल कलेजबीच समझदारी

 |  बिहीबार, साउन ७, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, साउन ७, २०७८

काठमाडौं– आईएमई पे र मल्पी इन्टरनेसनल कलेजवीच एक समझदारी भएको छ । समझदारी अनुसार आईएमई पे मल्पी इन्टरनेसनल कलेजको डिजिटल पेमेन्ट पार्टनर हुनेछ भने मल्पी इन्टरनेसनल कलेजका विद्यार्थीहरूले आईएमई पेमा इन्टर्नसिपको अवसर पाउनेछन् ।

सेन्टर फर क्यारियर गाइडेन्स एन्ड पेलेसमेन्टको विशेष पहलमा भएको उक्त समझदारीमा  प्रविधि मानवीय जीवनको एक महत्वपुर्ण भाग बन्दै गएको उल्लेख गरिएको छ । धेरै टेक फर्महरूले नेपाली बजारमा आफ्नो छुट्टै पहिचान बनाउन सफल हुँदै आइरहेको सन्दर्भमा फिन टेक कम्पनीहरूले मानवीय जीवनलाई सहज बनाउनका साथै विद्यार्थीहरूको लागि थुप्रै अवसरका ढोकाहरू पनि खोलिदिएका छन् ।

वित्त र प्रविधिको उत्तम मिश्रणले विश्वभरीका अवरोधहरूको समाधान निकाल्न नयाँ नयाँ रोजगारीका अवसरहरूको पनि सिर्जना गरिरहेका छन् । यूवा पुस्ताको सीप र क्षमतालाई डिजिटल उद्योगको विकास र विस्तारमा कसरी खपत गर्न सकिन्छ भन्ने विषयमा अन्य कलेजहरूसँग पनि क्रमवद्ध रूपमा थप छलफल गर्दै जाने आईएमई पे को योजना रहेको जनाइएको छ ।

प्रकाशित: Jul 22, 2021| 07:11 बिहीबार, साउन ७, २०७८
प्रतिक्रिया दिनुहोस्