काठमाडौं– सनराइज बैंकले कार्डलेस भुक्तानी सेवाको सुरुवात गरेको छ । हालसम्म बैंकका ग्राहकले आफ्नो डेबिट कार्डको प्रयोग गरी एटीएम मेसिनबाट रकम झिक्दै आएकोमा अब सनराइज बैंकको कार्डलेस भुक्तानी प्रयोग गरी कार्डको प्रयोगबिना नै एटीएमबाट रकम झिक्न सक्नेछन् ।
यस सेवाअन्तर्गत ग्राहकहरुले आफ्नो सनराइज स्मार्ट प्लस मोबाइल बैंकिङ प्रयोग गरी कार्डलेस अप्सनमा गई भुक्तानी गर्न चाहेको रकम हान्नुपर्छ । त्यसपछि ग्राहकको सम्बन्धित मोबाइल नम्बरमा ओटीपी कोड एसएमएसमार्फत आउनेछ । यस प्रक्रियामा आएको ओटीपी कोड भने गोप्य र सुरक्षित राख्न अति आवश्यक रहेको बैंकले जनाएको छ ।
नयाँ र अत्याधुनिक यस प्रविधिको प्रयोगले भौैतिक कार्ड बोक्न बिर्सेको अवस्थामा पनि मोबाइल बैंकिङ प्रयोग एटीटएममार्फत सजिलै रकम झिक्न सकिनेछ । सनराइज बैंकले यसअघि पनि मिड कलबाट बत्तीको बिल भुक्तानी, मोबाइल बिल भुक्तानीजस्ता सजिला र आधुनिक सेवाहरु प्रदान गर्दै आएको छ ।
यो सुविधा ग्राहकहरुले बैंकको देशभरि रहेका १६१ वटा एटीएममार्फत लिन सक्ने बैंकले जनाएको छ ।