शनिबार, असोज १७, २०८३

सुनको मूल्य घट्‍यो, चाँदीको कति?

नेपाली बजारमा सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रति तोलामा सुन ७ सय रुपैयाँले घटेर ९१ हजार ८ सयमा कारोबार भइरहेको हो।
 |  बिहीबार, साउन ७, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, साउन ७, २०७८

काठमाडौं- नेपाली बजारमा सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रति तोलामा सुन ७ सय रुपैयाँले घटेर ९१ हजार ८ सयमा कारोबार भइरहेको हो।

बुधबार सुनको मूल्य ९२ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। यसै गरी तेजाबी सुनको मूल्य ९१ हजार ३०० रहेको छ। बुधबार तेजाबी सुन ९२ हजारमा कारोबार भएको थियो ।

चाँदीको मूल्य भने आज १० रुपैयाँले बढेको छ। आज चाँदी प्रतितोला १२ सय ७० रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ।

प्रकाशित: Jul 22, 2021| 06:24 बिहीबार, साउन ७, २०७८
प्रतिक्रिया दिनुहोस्