शनिबार, असोज १७, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • बैंकिङ प्रणाली ह्याक गरेर पैसा चोर्ने ह्याकरको धम्की, बैंकिङ क्षेत्र जोखिममा

बैंकिङ प्रणाली ह्याक गरेर पैसा चोर्ने ह्याकरको धम्की, बैंकिङ क्षेत्र जोखिममा

ह्याकरहरूले बैंकिङ प्रणाली ह्याक गरेर पैसा चोर्ने धम्की दिएका छन्। इमेलमार्फत पत्र पठाएर नेपाली बैंकहरूको नामै किटेर पैसा चोर्ने धम्की दिएका हुन्। 
 |  बिहीबार, साउन ७, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, साउन ७, २०७८

काठमाडौं- ह्याकरहरूले बैंकिङ प्रणाली ह्याक गरेर पैसा चोर्ने धम्की दिएका छन्। इमेलमार्फत पत्र पठाएर नेपाली बैंकहरूको नामै किटेर पैसा चोर्ने धम्की दिएका हुन्। 

बैंकिङ प्रणाली ह्याक गरेर पैसा चोर्ने विषयलाई मजाकका रूपमा नलिन लेखिएको पत्र बैंकिङ सेक्टरमा भाइरल भइरहेको राष्ट्र बैंक स्रोतले जानकारी दिएको छ।

राष्ट्र बैंक स्रोतका अनुसार बुधबारदेखि नै भाइरल भइरहेको पत्रमा राष्ट्र बैंकका उच्चपदस्थ कर्मचारीहरूको इमेल उल्लेख गरिएको छ। नेपाल बैंक, नविल बैंक, कुमारी बैंक, माच्छापुच्छ्रे बैंकलगायत विभिन्न बैंकहरूको नाम पत्रमा उल्लेख गरिएको छ। 

बैंकिङ प्रणाली ह्याक गरेर पैसा चोर्ने विषयलाई मजाकका रूपमा नलिन पत्रमा उल्लेख गरिएको छ। राष्ट्र बैंक स्रोतका अनुसार राष्ट्र बैंकले प्रारम्भिक अनुसन्धान अघि बढाएको छ। प्रारम्भिक अनुसन्धान अनुसार रुसको डोमेन प्रयोग गरेर पत्र पठाइएको पाइएको छ।

राष्ट्र बैंकले सबै बैंकहरूलाई उक्त विषयमा अनुसन्धान अघि बढेको भन्दै जोखिमतर्फ सतर्क रहन निर्देशन दिएको स्रोतले जानकारी दिएको छ।

प्रकाशित: Jul 22, 2021| 04:05 बिहीबार, साउन ७, २०७८
प्रतिक्रिया दिनुहोस्