सोमबार, असार २९, २०८३

लघुकथा विद्यावारिधि डा. भट्ट !

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- दुर्गम जिल्ला बैतडीमा जन्मेका हुन्, पुष्कर भट्ट । नेपाली लघुकथामा विद्यावारिधि गरेका छन्, उनले । 

डोटेली लवजमा बोल्ने ४३ वर्षीय उनी आफैं लघुकथाकार हुन् । बजार उपन्यास लेखनले पिटेको छ । कथा र कविताको बजार पनि कमजोर छैन । तर, लघुकथा छाप्न प्रकाशकहरू आनाकानी गर्छन् । 
धेरैको बुझाइ हुन्छ, लघुकथा अल्छीहरूले लेख्छन् । जबकि, एक बसाइमै लेख्न र पढ्न सकिने विधा हो यो । 

प्रदेश-७ को स्थानीय लवज समातेर सामाजिक व्यंग्य कस्छन् उनी, आफ्ना लघुकथामा । भन्छन्, ‘लघुकथा साहित्यको सानो झ्याल हो, जहाँबाट बृहत दृष्य देखिनुपर्छ ।’

त्यही दृष्यमा उनका सपना जोडिएका छन् । तिनै सपनामा उनी आफूलाई भुलाइरहेका छन्, लघुकथामार्फत् । आफू बाँचेको परिवेश वरिपरि नै कथा भेट्छन्, उनी । र, ती कथा कहिलेकाहीं त मोबाइलमै लेखिभ्याउँछन् । 

सामाजिक सञ्जालको प्रयोग विश्वव्यापी बनेको एक दशक नाघ्यो । स्ट्याटसकै रूपमा लघुकथा पोस्ट गर्न यस्ता सञ्जाललाई प्रयोग गर्दै आएका छन्, भट्टले । बौद्धिक कोणबाट यस विधाका लागि केही गर्ने उनको योजना छ । 

पहिलो नेपाली लघुकथा कृति पूर्णप्रसाद ब्राम्हणको ‘झिल्का’ मानिएको छ । त्यसयता यस विधामा धेरै लेखक जोडिए । तर, यस विधाले जति उचाइ पाउनुपर्ने हो, त्यति पाउन सकेको छैन । 

भट्ट भन्छन्, ‘लघुकथा साहित्यको बाटोलाई फराकिलो पार्दैछौं ।’ हजुरबा–आमाको नाममा उनले ‘पद्यमा–रामचन्द्र लघुकथा पुरस्कार’ स्थापना गरेका छन् । 

डोटेली भाषामा लेख्न रुचाउँछन् र डोटेली साहित्यलाई विश्व बजारमा चिनाउन चाहन्छन् । 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।