शनिबार, असोज १७, २०८३

अब मोबाइल आयात गर्दा दर्ता अनिवार्य

नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल आयात गर्दा दर्ता अनिवार्य गर्नुपर्ने व्यवस्था कार्यान्वयनमा ल्याएको छ।
 |  शुक्रबार, साउन १, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन १, २०७८

काठमाडौं- नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल आयात गर्दा दर्ता अनिवार्य गर्नुपर्ने व्यवस्था कार्यान्वयनमा ल्याएको छ। प्राधिकरणले नयाँ आर्थिक वर्ष २०७८/७९ सुरु भएसँगै सूचना जारी गर्दै आयात गुर्नपर्ने मोबाइल फोनको आइएमइआई अनिवार्य दर्ता गर्नुपर्ने जानकारी गराएको हो। 

‘मोबाइल सेटको आयातपूर्व अनिवार्य रूपमा प्राधिकरणबाट स्तर स्वीकृति गर्ने तथा आइएमइआई नम्बर दर्ता गर्नुपर्ने प्रावधान भएकाले सोको लागि नेपाल दूरसञ्चार प्राधिकरणबाट मोबाइल डिभाइस मेनेजमेन्ट सिस्टम लागू गरिएको व्यहोरा सम्बन्धित सबैलाई जानकारी गराइन्छ,’ प्राधिकरणले बिहीबार जारी गरेको सूचनामा उल्लेख गरिएको छ। 

प्राधिकरणले पहिलो चरणमा व्यवसायीक आयातकर्ताले अनिवार्य दर्ता गुर्नपर्ने उल्लेख गर्दै अहिलेसम्म सञ्चालनमा आइसकेका मोबाइल भने दर्ता नगर्दा पनि केही फरक नपर्ने प्राधिकरणले सूचनामार्फत जानकारी गराएको छ। आइएमइआई दर्ता प्रक्रियाले अवैध मोबाइलको कारोबार रोकिने प्राधिकरणको अपेक्षा छ।

प्रकाशित: Jul 16, 2021| 06:04 शुक्रबार, साउन १, २०७८
प्रतिक्रिया दिनुहोस्