काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाले उद्योग वाणिज्य महासंघका पदाधिकारीसँग छलफल गरेका छन्।
कोरोनाले अर्थतन्त्रमा पारेको असर र सुधारका विषयमा महासंघका पदाधिकारीसँग छलफल गरिएको प्रधानमन्त्री देउवाले ट्वीटरमार्फत् सार्वजनिक गरेका छन्।
‘एफएनसीसीआईका साथीहरुसँग कोरोनाले अर्थतन्त्रमा पारेको असर र सुधारका विषयमा छलफल भयो’ उनले ट्वीटरमा उल्लेख गरेका छन्, ‘म कोरोनाले अर्थतन्त्रमा पारेको असरलाई लयमा फर्काउन प्रयासरत छु।’