काठमाडौं- नेपाल राष्ट्र बैंकले मोबाइल एप सार्वजनिक गरेको छ। बैंकको वेबसाइटमा राखिएका नियमित सूचना, जानकारी, विदेशी विनिमय दर, अध्ययन प्रतिवदेन, तथ्यांकलगायतका सामाग्री हेर्न सकिने गरी एप सार्वजनकि गरिएको राष्ट्र बैंकले जानकारी दिएको छ।
मोबाइल एपको प्रयोगबाट बैंकसँग सम्बद्धित सूचना र जानकारी प्रति सरोकारवाला तथा सर्वसाधारणको पहुँच अभिवृद्धिमा सहयोग पुग्ने आपेक्षा राखिएको बैंकले जानकारी दिएको छ। बेटा भर्जनमा रहेको उक्त एप प्रयोगकर्ताको सुझाव सल्लाहका आधारमा थप परिमार्जन गर्दै लैजानेसमेत राष्ट्र बैंकले उल्लेख गरेको छ।
यद्यपि सरोकारवालाहरूले भने राष्ट्र बैंकले एप सार्वजनिक गरिसकेपछि त्यसैमार्फत बैंक तथा वित्तीय संस्थाका कमीकमजोरी ग्राहकले राष्ट्र बैंकमा उजुरी गर्न मिल्ने व्यवस्था गुर्नपर्ने सुझाव दिएका छन्।