शनिबार, असोज १७, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • नबिल बैंकद्धारा वीर अस्पताललाई अक्सिजन प्लान्ट हस्तान्तरण

नबिल बैंकद्धारा वीर अस्पताललाई अक्सिजन प्लान्ट हस्तान्तरण

 |  बुधबार, असार ३०, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, असार ३०, २०७८

काठमाडौं– नबिल बैंकले नेशनल एकेडेमी अफ मेडिकल साइन्स (वीर अस्पताल) लाई अत्याधुनिक अक्सिजन प्लान्ट हस्तान्तरण गरेको छ । बैंकले आफ्नो ३७औं वार्षिकोत्सवको प्लान्ट अस्पताललाई हस्तान्तरण गरेको हो ।

उक्त प्लान्ट स्थापनाका लागि बैंक र अस्पतालवीच गत जेठ ५ गते समझदारी पत्रमा हस्ताक्षर भएको थियो । बैंकले ५० क्युबिक लिटर प्रतिघण्टा क्षमताको अक्सिजन प्लान्ट स्थापना गर्न लाग्ने सम्पूर्ण खर्च सहयोग गरेको छ भने अस्पतालले आवश्यक स्थान उपलब्ध गराएको छ ।

कोभिड १९ दोस्रो लहरको अन्त्यसँगै अहिले विश्वको अन्य मुलुकहरुमा तेस्रो लहर फैलिदै गर्दा, नबिलको यो अक्सिजन प्लान्टले तेस्रो चरणको जोखिमको प्रतिकार्य र विरामीहरुको जीवन रक्षा हुने अक्सिजन आपूर्ति गरी सहयोग हुने विश्वास बैंकले लिएको जनाएको छ । 

प्रकाशित: Jul 14, 2021| 12:02 बुधबार, असार ३०, २०७८
प्रतिक्रिया दिनुहोस्