शनिबार, असोज १७, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • डिसहोमको ‘खुसीको कनेक्सन’ अभियानको भिडियो सार्वजनिक

डिसहोमको ‘खुसीको कनेक्सन’ अभियानको भिडियो सार्वजनिक

 |  बुधबार, असार ३०, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, असार ३०, २०७८

काठमाडौं– डिसहोमले आफ्नोे “खुसीको कनेक्सन” अभियानअन्तर्गतको पूर्ण भिडियो सार्वजनिक गरेको छ । डिसहोम र खुसीलाई एक अर्काको पर्याय बनाउँदै विकास गरिएको यस योजनामा भर्खरै विवाह भएर नयाँ घर प्रवेश गरेकी एक दुलहीको मनोदशा, नयाँ सम्बन्धको संकोच र नयाँ वातावरणको असहजताका देखाइएको छ ।

यी सबैकाबीच अवस्था सामान्य, सम्बन्धमा मिठास र वातावरण मनोरम बनाउन उक्त घरमा डिसहोमको भूमिका बारेमा चित्रण गरिएको छ ।

आफ्नो माइतीघरमा जस्तै कर्मघरमा पनि डिसहोमको छातादेखि नवदुलही केही हदसम्म प्रसन्न हुन्छिन् । नयाँ ठाउँमा उनका लागि त्यो क्षण तत्काल खुसीको कनेक्सनमा परिवर्तित हुन्छ ।

गायक अमित बरालको “म तिम्रै हुँ”,गीतमा लयबद्घ यस अभियानमा नयाँ परिवेशमा नवविवाहित जोडीबीच डिसहोमसँगै कसरी सहजता र आत्मीयता बढ्दै जान्छ भनी प्रस्तुत गरिएको छ ।

नौ वटा स–साना भागहरूलाई एउटै भिडियोमा समायोजन गरिएको यस योजनामा डिसहोमका आश्चर्यजनक विशेषताहरूजस्तै क्युएचडी पिक्चर क्वालिटी, पीपीभी, पीभीआर, एक्स भीओडी, डिसहोम गो एप र वेभ जस्ता सामग्री र ग्राहक सेवासँग लिङ्क गरिएको छ । डिसहोमका लागी विज्ञापन एजेन्सी मार्सले यस अभियानको अवधारणा तयार गरेको हो ।
 

प्रकाशित: Jul 14, 2021| 11:59 बुधबार, असार ३०, २०७८
प्रतिक्रिया दिनुहोस्