शनिबार, असोज १७, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • गण्डकी : बजेटको विरोधमा एमाले सांसदले मन्त्रीकै टेबुल फालिदिए

गण्डकी : बजेटको विरोधमा एमाले सांसदले मन्त्रीकै टेबुल फालिदिए

सरकारले ल्याएको बजेटको विरोधमा एमालेले संसद अवरुद्ध गरेको छ। आइतबारदेखि सुरु भएको बैठकमा रकमान्तरको विरोध गर्दै अवरोध गरेको हो। संसदीय अनुगमन समिति गठन गर्ने सहमतिपछि संसद् अघि बढेको थियो। 
 |  बुधबार, असार ३०, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, असार ३०, २०७८

पाेखरा– गण्डकी प्रदेश सरकारले ल्याएको बजेटको विरोधमा एमालेले संसद अवरुद्ध गरेको छ। आइतबारदेखि सुरु भएको बैठकमा रकमान्तरको विरोध गर्दै अवरोध गरेको हो। संसदीय अनुगमन समिति गठन गर्ने सहमतिपछि संसद् अघि बढेको थियो। 

सोमबार टेबुल गरिएको विनियोजन विधेयकमाथि छलफलको कार्यसूची थियो। सुरुदेखि नै अवरोध गरिरहेको एमालेले सदन चल्नै दिएन। लगातार तीन पटक सदन अवरुद्ध भएपछि मार्सल लगाएर सदन चलाइएको थियो।

तर एमाले सांसदहरु बसिरहेको कुर्ची छोडेर संसदको रोस्टमअघि नाराबाजीमा उत्रिएका थिए। केहीबेर सत्तापक्ष र प्रतिपक्षी सांसदबीच भनाभन भएको थियो। पूर्वमन्त्री तथा एमाले सांसद रामशरण बस्नेतले मन्त्रीको टेबुल नै फालिदिएका थिए।

एमालेको अवरोधबीच आगामी आर्थिक वर्षको बजेट पारित भएको छ। आफ्नो कुरा नसुनेपछि एमाले सांसदहरु केहीबेर नाराबाजी गरेर सदनबाट बाहिरिएका थिए। आफ्नो सरकारको पालामा ल्याएका राम्रा योजनाको बजेट काटेकोमा उनीहरुको आपत्ति छ।

प्रकाशित: Jul 14, 2021| 11:34 बुधबार, असार ३०, २०७८
प्रतिक्रिया दिनुहोस्