शनिबार, असोज १७, २०८३

मार्सल लगाएर गण्डकीको बजेट पारित

गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि ल्याएको बजेट बहुमतले पारित भएको छ।
 |  बुधबार, असार ३०, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, असार ३०, २०७८

पोखरा– गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि ल्याएको बजेट बहुमतले पारित भएको छ। मुख्यमन्त्री पोखरेलले निर्णयार्थ पेस गरेको बजेट नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा र स्वतन्त्र सांसद राजीव गुरुङको समर्थनमा आर्थिक वर्ष २०७८/७९ विनियोजन विधेयक बहुमतले पास भएको हो।

सभामुख नेत्रनाथ अधिकारीले विनियोजन विधेयक प्रस्तुत गर्न मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई समय दिएपछि प्रतिपक्षी सांसदहरु आक्रोशित बनेका थिए। मार्सल लगाएर विनियोजन विधेयक पास गराइएपछि एमाले सांसदहरुले सदन छाडेका थिए। विनियोजन विधेयक बैठकमा निर्णयार्थ पेस हुँदा नेकपा एमालेका सांसद सदनमा थिएनन्। 

गैरबजेटरी रकम मनोमानी ढंगले वितरण गरिएको र आफ्नो पालामा ल्याइएका योजना रातो किताबबाट हटाइएकोमा एमाले सांसदहरु आक्रोशित बनेका थिए । यही आक्रोशमा एमाले सांसद तथा पुर्वमन्त्री रामशरण बस्नेतले कुर्सी नै फालिदिएका थिए। गत आइतबारदेखि सुरु भएको बैठक सरकारले वितरण गरेको १६ करोड रकमको कामबारे संसदीय अनúमन गर्ने सहमति भएपछि आजदेखि चालु भएको थियो।

प्रकाशित: Jul 14, 2021| 11:16 बुधबार, असार ३०, २०७८
प्रतिक्रिया दिनुहोस्