काठमाडौ- पुँजीबजार सूचक नेप्सेमा आइतबार ७३.३३ अंकको वृद्धि भएको छ। एकैदिन ७३.३३ अंक बढेर नेप्से २८९८.४३ बिन्दुमा पुगेको हो।
नेप्सेसँगै कारोबार रकम पनि वृद्धि भएको छ। आइतबार ८ अर्ब ६ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ भने ८२ हजार ४९ पटक ३ करोड १५ लाख कित्ता सेयर किनबेच भएको छ।
आइतबार सबैभन्दा बढी गोर्खाज फाइनान्स, श्री इन्भेस्टमेन्ट फाइनान्स र आइसीएफसी फाइनान्सका लगानीकर्ताले नाफा कमाएका छन्। यी तीनै कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ।
यसदिन एनआइसी एसिया कमप्नीको सबैभन्दा बढी कारोबार भएको छ। कम्पनीको मात्र ३९ करोड ९६ लखा भन्दाबढीको कारोबार भएको छ।