शुक्रबार, असोज १६, २०८३

बीमालेख जारी गर्नुअघि समितिको स्वीकृति अनिवार्य 

जीवन बीमा कम्पनीहरुले बीमालेख जारी गर्नुअघि समितिबाट अनिवार्य स्वीकृति लिनुपर्ने भएको छ।
 |  शुक्रबार, असार २५, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, असार २५, २०७८

काठमाडौं- जीवन बीमा कम्पनीहरुले बीमालेख जारी गर्नुअघि समितिबाट अनिवार्य स्वीकृति लिनुपर्ने भएको छ। राष्ट्रिय बीमा समितिले लागू गरेको जीवन बीमा निर्देशिकामा कम्पनीहरुले समितिबाट स्वीकृति लिएर मात्र बीमालेख जारी गर्न पाउने व्यवस्था गरिएको हो। 

यसअघि कम्पनीहरुले आफूखुसी बीमालेख जारी गर्दै आएका थिए। जथाभावी बिमालेख जारी गर्दा विकृति बढेपछि नियमनका लागि अनुमति लिनुपर्ने व्यवस्था गरिएको हो। समितिबाट स्वीकृत भएपछि उक्त बीमालेख ६ महिनाभित्र प्रचलनमा ल्याइसक्नुपर्नेछ। 

यसैगरी निर्देशिकामा बीमा कम्पनीहरुलाई बीमालेख समर्पण र धितोमा प्रदान गर्ने कर्जामा समेत कडाइ गरिएको छ। निर्देशिकाअनुसार बीमालेख समर्पण गर्न र धितो राखेर कर्जा लिनका लागि बीमालेख खरिद गरेको तीन वर्ष पूरा भएको हुनुपर्नेछ। 

लगातार तीन वर्षको बीमाशुल्क भुक्तानी गरेपछि मात्रै पोलिसी धितोमा समर्पण मूल्यको ९० प्रतिशतसम्म कर्जा दिन सकिने समेत प्रावधान छ। यस्तो कर्जाको ब्याजदर प्रचलित वाणिज्य बैंकले तोकेको ब्याजदरभन्दा बढी नहुने गरी निर्धारण गर्नुपर्ने निर्देशिकामा व्यवस्था छ। 

यसैगरी निर्देशिकामा बीमालेख व्यतित भएको ५ वर्षसम्म पुनर्जागरण नगर्ने बिमितलाई पुनर्जागरण नगरेसम्म कम्पनीहरुले पुनः अर्को बीमालेख जारी गर्न नपाउने व्यवस्था गरिएको छ। 

प्रकाशित: Jul 09, 2021| 10:35 शुक्रबार, असार २५, २०७८
प्रतिक्रिया दिनुहोस्