काठमाडौं‐ साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार परिसूचक (नेप्से) २३.७६ अंकले बढेर २८२४ विन्दुमा पुगेको छ। साताको पहिलो कारोबार दिनदेखि नै निरन्तर ओरालो लागिरहेको नेप्से बिहीबार भने बढेको हो।
यसदिन कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा केही बढेको छ। बुधबार ४ अर्ब २२ करोड रुपैयाँको कारोबार भएको बजारमा आज ४ अर्ब ८१ करोड ५५ लाख २० हजार रुपैयाँ बराबरको कारोबार भएको छ।
यसदिन नेपाल बैंकको सबैभन्दा बढी कारोबार भएको छ। सबैभन्दा बढी गुहेश्वरी फाइनान्सको सेयर मूल्य बढेर सर्किट लेभलमा पुगेको छ। फाइनान्सको सेयर मूल्य ४१ रुपैयाँ बढेको छ।
त्यसैगरी राष्ट्रिय बिमा कम्पनीको संस्थापक सेयर, जोशी हाइड्रोपावर, घलेम्दी हाइड्रो, मल्टीपपर्स फाइनान्स र सिभिल लघुवित्तको सेयर मूल्य ५ प्रतिशतभन्दा बढीले उकालो लागेको छ।