शनिबार, साउन १२, २०८१
  • गृहपृष्ठ
  • अर्थ
  • मन्त्रीलाई असारे चटारो, एक महिनामा पौने १७ करोड निकासा

मन्त्रीलाई असारे चटारो, एक महिनामा पौने १७ करोड निकासा

पछिल्लो एक महिनाको अवधिमा मात्रै कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले पौने १७ करोड बजेट निकासा गरेको छ।
 |  बिहीबार, असार २४, २०७८

देव राना

देव राना

बिहीबार, असार २४, २०७८

सुर्खेत- चालु आर्थिक वर्ष सकिन केही दिनमात्र बाँकी रहदा कर्णाली प्रदेश सरकारलाई बजेट निकासा गर्न भ्याई नभ्याई छ। विकासे आयोजनालाई जस्तै मन्त्रालयहरूलाई पनि असारे चटारो छ।

triton college

पछिल्लो एक महिनाको अवधिमा मात्रै कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले पौने १७ करोड बजेट निकासा गरेको छ। मन्त्रालयले कूल १६ करोड ६८ लाख ४५ हजार २४० रुपैयाँ निकासा गरेको हो। जसमध्ये कोरोना नियन्त्रणका लागि स्थानीयलाई मात्रै १४ करोड ७२ लाख २० हजार रकम निकासा दिइएको छ। 

त्यस्तै कोरोना संक्रमितको उपचार, आवश्यक औषधि र पूर्वाधार तयारीका लागि जिल्ला जनस्वास्थ्य सेवा कार्यालय र अस्पतालहरूलाई १ करोड ६० लाख ४३ हजार ७४० रुपैयाँ निकासा दिइएको छ। रकममध्ये रुकुम पश्चिममा १६ लाख ३९ हजार, सल्यानमा १७ लाख ४३ हजार १२५, सुर्खेतमा २६ लाख २७ हजार ६२५ र दैलेखमा १९ लाख ५२ हजार ५०० रुपैयाँ निकासा दिइएको छ।

त्यस्तैगरी जाजरकोटमा १६ लाख ९६ हजार ८००, डोल्पामा १४ लाख ३५ हजार ५००, जुम्लामा १२ लाख ८६ हजार, कालिकोटमा १६ लाख ३६ हजार ५००, मुगुमा ९ लाख ७३ हजार एकसय ९० र  हुम्लामा १० लाख ५३ हजार पाँचसय रकम निकासा दिएको मन्त्रालयले जनाएको छ।

सामाजिक विकास मन्त्री यज्ञबहादुर बुढाक्षेत्रीले एक महिना पुरा भएको अवसरमा सार्वजनिक गरेको तथ्याङ्क अनुसार वीरेन्द्रनगरस्थित कभर्ड हल निर्माणको लागि १४ लाख ३२ हजार, पन्चपुरी २ को प्राथमिक स्वास्थ्य केन्द्र सालकोटलाई १० लाख र कालिकोटको खाँडाचक्रमा कभर्ड हल निर्माणका लागि १५ लाख रकम निकासा दिएका छन्। मन्त्री बुढाले गएको जेठ २३ गते पदभार ग्रहण गरेका थिए।

Metro Mart
vianet

प्रकाशित: Jul 08, 2021| 02:52 बिहीबार, असार २४, २०७८
प्रतिक्रिया दिनुहोस्