शुक्रबार, असोज १६, २०८३

राजस्व छलीको आरोपमा ३ जनाविरुद्ध ९ करोडको मुद्दा

वास्तविक खरिद मूल्य लुकाएर कम मूल्य देखाएर राजस्व छली गर्ने ३ जना व्यवसायीविरुद्ध ९ करोड २७ लाख ३७ हजार ५६० रुपैयाँ बिगो मागदावी गर्दै उच्च अदालत पाटनमा मुद्दा दायर गरेको हो।
 |  बुधबार, असार २३, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, असार २३, २०७८

काठमाडौं- राजस्व अनुसन्धान विभागले ९ करोड राजस्व छलीको आरोपमा ३ जनाविरुद्ध मुद्दा दायर गरेको छ। वास्तविक बिक्री लुकाएर राजस्व छलीको आरोपमा उनीहरूविरुद्ध विभागले बुधबार मुद्दा दायर गरेको हो। 

विभागले चितवन रत्ननगरस्थित शिवशक्ति खाद्य उद्योग प्रालिका सञ्चालक दिनेशकुमार अग्रवाल र सीमा अग्रवाल तथा थपलिया ट्रेड सप्लायर्सका प्रोपाईटर राम प्रसाद थपलियाविरुद्ध पाटन उच्च अदालतमा मुद्दा दायर गरेको हो। 

आरोपपत्रमा उनीहरूसँग ९ करोड २७ लाख ३७ हजार ५६० रुपैयाँ बिगो मागदावी गरिएको छ। ‘वास्तविक खरिद तथा बिक्री नदेखाई मूल्य अभिवृद्धि कर, लाभांश कर र आयकर समेतको राजस्व चुहावटको कसूर गरेको देखिएको छ,’ विभागले बुधबार सार्वजनिक गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ। 

प्रकाशित: Jul 07, 2021| 11:11 बुधबार, असार २३, २०७८
प्रतिक्रिया दिनुहोस्