काठमाडौं- जीवन विकास लघुवित्त वित्तीय संस्थाको प्राथमिक शेयर (आईपीओ) बाँडफाँट भएको छ।
आईपीओमा गोलाप्रथामार्फत् एक लाख ८४ हजार ८०१ जनाले शेयर हात पारेका छन्, जसमध्ये पाँचजनाले ११ कित्ता पाएका छन्। अन्यले भने १० कित्ताका दरले शेयर पाएका छन् ।
बिक्री प्रबन्धक एनएमबी क्यापिटलले कुल १९ लाख ७७ हजार ३०० कित्ता आईपीओ निष्कासन गरेको थियो, जसमध्ये सर्वसाधारणका लागि १८ लाख ४८ हजार १५ कित्ता शेयर छुट्याइएको थियो।
त्यस्तै ३० हजार ४२० कित्ता कर्मचारीका लागि र ९८ हजार ८६५ कित्ता म्युचुअल फण्डका लागि छुट्याइएको थियो।
आईपीओमा २० लाख ८७ हजार ३१७ जनाले आवेदन दिएका थिए।
आईपीओको नतिजा बिक्री प्रबन्धक एनएमबी क्यापिटलको वेबसाइट र मेरो शेयरबाट हेर्न सकिने छ।