शुक्रबार, असोज १६, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • प्रचण्डका घरबेटीको शैलुङसहित १५ ठेकेदार कालो सूचीमा

प्रचण्डका घरबेटीको शैलुङसहित १५ ठेकेदार कालो सूचीमा

ठेक्का लिएर समयमै मल ल्याउन नसकेको प्रचण्डका घरबेटी शारदाप्रसाद अधिकारीको शैलुङ इन्टरप्राइजेज प्रालीलाई सरकारले २ वर्षका लागि कालो सूचीमा राखेको छ।
 |  मंगलबार, असार २२, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, असार २२, २०७८

काठमाडौं- ठेक्का लिएर समयमै मल ल्याउन नसकेको प्रचण्डका घरबेटी शारदाप्रसाद अधिकारीको शैलुङ इन्टरप्राइजेज प्रालीलाई सरकारले २ वर्षका लागि कालो सूचीमा राखेको छ। सार्वजनिक खरिद अनुगमन कार्यालयले शैलुङसहीत १५ वटा कम्पनीलाई कालोसुचीमा राखेको हो। 

कार्यालयले मंगलबार सार्वजनिक सूचनामार्फत उक्त जानकारी गराएको छ। शैलुङ इन्टरप्राइजेजका मूख्य सञ्चालक शारदाप्रसाद अधिकारी हुन्। 

विभिन्न ठेक्का लिएर निर्धारित समयमा काम नगर्दा आलोचना हुनथालेपछि अधिकारीले मुख्य सञ्चालकका रूपमा निकेश अधिकारीको नाम राखेका छन्। 

गत वर्ष मल आयात गर्ने ठेक्का पाएको उक्त कम्पनीले समयमै मल आयात नगरेको भन्दै कृषि सामाग्री कम्पनी लिमिटेडले कालो सूचीमा राख्न सार्वजनिक खरिद अनुगमन कार्यालयलाई सिफारिस गरेको थियो। मल आयातकै अर्को ठेक्का लिएर समयमै मल आयात नगर्ने मुक्तिनाथ कृषि कम्पनी लिमिटेडलाई पनि सार्वजनिक खरिद अनुगमन कार्यालयले कालो सूचीमा राखेको छ। कृषि सामाग्री कम्पनी लिमिेटडकै सिफारिसमा १ वर्षका लागि कालो सूचीमा राखिएको सार्वजनिक खरिद अनुगमन कार्यालयले जानकारी दिएको छ।

सार्वजनिक खरिद अनुगमन कार्यालयका अनुसार प्रहरी प्रधान कार्यालयको सिफारिसमा पुजा ट्रेडिङ एण्ड अर्डर सप्लायर्स, झापाको अर्जुनधारा नरगपालिकाको सिफारिसमा फ्रेण्ड्स अर्विट कन्सट्रक्सन सर्भिसेजलाई पनि कालो सूचीमा राखिएको छ। त्यस्तै हिमालय कन्स्ट्रक्सन, सन्देश सौगात ट्रेड एन्ड सप्लायर्स लगायतका १५ आयातकर्ता एवं निर्माण व्यवसायीलाई कालो सूचीमा राखिएको सार्वजनिक खरिद अनुगमन कार्यालयले जानकारी दिएको छ।

No description available.

प्रकाशित: Jul 06, 2021| 06:59 मंगलबार, असार २२, २०७८
प्रतिक्रिया दिनुहोस्