शुक्रबार, असोज १६, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • माथिल्लो तामाकोशी आयोजनाले जीडीपीमा १ प्रतिशत योगदान गर्छ : अर्थमन्त्री पौडेल

माथिल्लो तामाकोशी आयोजनाले जीडीपीमा १ प्रतिशत योगदान गर्छ : अर्थमन्त्री पौडेल

उपप्रधान तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले अपरतामाकोशीले नेपालको कुल गार्हस्थ उत्पादनमा १ प्रतिशतको योगदान दिने दाबी गरेका छन्।
 |  सोमबार, असार २१, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, असार २१, २०७८

काठमाडौं- उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अपरतामाकोशीले नेपालको कुल गार्हस्थ उत्पादनमा १ प्रतिशतको योगदान पुर्‍याउने दाबी गरेका छन्।

सोमबार माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको भर्चुअल उद्घाटन गर्दै उनले सो आयोजनाबाट परोक्ष र प्रत्यक्ष गरी नेपालको कुल गार्हस्थ्य उत्पादनमा योगदान दिने दाबी गरेका हुन्। 

उनले भने, ‘यो आयोजनाले हामीलाई ठूलो तथा महत्वपूर्ण पाठ सिकाएको छ। जस्तै छरिएर रहेको रकम एकतृत गरेर नेपालमा ठूला आयोजना निर्माण गर्न सकिने रहेछ भन्ने कुरा यस आयोजनाले प्रमणित गरेको छ।’

उनले नेपालले जलविद्युत क्षेत्रमा गुणात्मक रुपमा फड्को मारेको प्रमाणको रुपमा यो आयोजना प्रस्तुत भएको दाबी गर्दै जलविद्युत विकासको क्षेत्रमा कीर्तिमानी आयोजनाहरुको लागि हौसला प्राप्त भएको पनि बताए।

४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको पहिलो चरणमा ७६ मेगावाट उत्पादन सुरु भई सोमबारदेखि राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ। 

प्रकाशित: Jul 05, 2021| 12:53 सोमबार, असार २१, २०७८
प्रतिक्रिया दिनुहोस्