काठमाडौं– ई कमर्श प्लेटफर्म रिचार्जरले अक्सिजन सिलिण्डर र कन्सन्ट्रेटर भाडामा उपलब्ध गराउने भएको छ। नेपाली बजारमा कोभिड सम्बन्धी उपकरण सस्तो मूल्यमा उपलब्ध गराउँदै आएको रिचार्जरले महँगो मूल्यका उपहरणको पहुँच नभएकाहरुलाई भाडामा उपकरणहरु उपलब्ध गराउने भएको हो।
१० लिटर क्षमताको अक्सिजन सिलिण्डर प्रतिदिन २५० र ४० लिटर क्षमताको प्रति दिन ३७५ रुपैयाँमा भाडामा उपलब्ध हुनेछ। त्यसै गरी ५ लिटर क्षमताको अक्सिजन कन्सन्टेटर प्रति दिन ५०० रुपैयाँ र १० लिटर क्षमताको प्रतिदिन १ हजार रुपैयाँमा भाडामा उपलब्ध गराउने रिचार्जरले जनाएको छ।
आपसी सहमतिमा धरौटी लिएर अक्सिजन सिलिण्डर र कन्सन्ट्रेटर भाडामा उपलब्ध गराउने व्यवस्था गरिएको छ। यसका साथै सिलिण्डर खरिद गर्न चाहनेहरुलाई रिचार्जरले १० लिटरको अक्सिजन सिलिण्डर ९ हजार ५ सय र ४० लिटरको १४ हजार ५ सय रुपैयाँमा उपलब्ध गराउने छ। रिचार्जरमा अर्डर गरिएका कोभिड उपकरणका साथै अन्य वस्तुहरु उपत्यकामा १ घण्टा र मुलुकभर २४ घण्टामा डेलिभरी दिने बताइएको छ।