शुक्रबार, असोज १६, २०८३

ग्राहकले रुचाए होण्डा सीबी ३५० डीएलएक्स

होण्डा नेपालले भर्खर मात्र नेपाली बजारमा भित्र्याएको सीबी ३५० डीएलएक्सले छोटो समयमा धेरैको ध्यानाकर्षण गराउन सफल भएको छ। बाइकमा भएको फिचरले यसमा आकर्षण बढेको हो।
 |  सोमबार, असार २१, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, असार २१, २०७८

काठमाडौं–  होण्डा नेपालले भर्खर मात्र नेपाली बजारमा भित्र्याएको सीबी ३५० डीएलएक्सले छोटो समयमा धेरैको ध्यानाकर्षण गराउन सफल भएको छ। बाइकमा भएको फिचरले यसमा आकर्षण बढेको हो।

केही साताअघि सार्वजनिक गरिएको बाइक स्टकआउट भएको छ र अब बाइक खरिद गर्न इच्छुक ग्राहकले अगष्ट महिनासम्मका लागि कुर्नुपर्ने कम्पनीले जनाएको छ।

आकर्षक रेट्रो लुक्स, ३५० सिसिको इन्जिन र मोडर्न फिचर्सले गर्दा यो बाइक सबै उमेरका बाइकरहरुमाझ लोकप्रिय बन्न सफल भएको छ। ३००० आर पि एम मा ३० एन एम टर्क र ५५०० आर पि एम मा २१.०७ पि एस को अधिकतम पावर उत्पादन गर्न सक्ने यस बाइकमा प्रतिस्पर्धी बाइकहरुमा उपलब्ध नभएका धेरै फिचरर्सहरु जस्तै रियल टाइम माइलेज, एभरेज माइलेज र डिस्ट्यान्स टू एम्प्टी सूचित गर्ने डिजिटल कनसोल, रिङ्ग टाइप विंकर सहितको एलइडी हेड ल्याम्प र टेल ल्याम्प, एस्सिट एण्ड सिल्पर क्लच, डिजिटल मिटरहरु उपलब्ध रहेका छन् ।
 

प्रकाशित: Jul 05, 2021| 11:11 सोमबार, असार २१, २०७८
प्रतिक्रिया दिनुहोस्