शुक्रबार, असोज १६, २०८३

‘मेक इन नेपाल स्वदेशी’ अभियानको कार्यान्वयन सुरु

स्वदेशी वस्तुको उत्पादन, प्रवर्द्धन र उपभोग वृद्धि गर्ने उद्देश्यले सुरु गरिएको ‘मेक इन नेपाल( स्वदेशी’ अभियान कार्यान्वयन प्रारम्भ भएको छ। नेपाल उद्योग परिसंघले नेपाल सरकारसँगको समझदारीमा अघि बढाएको अभियान कार्यान्वयन लागि स्वदेशीडटकमडटएनपी वेब पोर्टल तयार गरी सञ्चालनमा ल्याइएको हो। 
 |  सोमबार, असार २१, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, असार २१, २०७८

काठमाडौं– स्वदेशी वस्तुको उत्पादन, प्रवर्द्धन र उपभोग वृद्धि गर्ने उद्देश्यले सुरु गरिएको ‘मेक इन नेपाल( स्वदेशी’ अभियान कार्यान्वयन प्रारम्भ भएको छ। नेपाल उद्योग परिसंघले नेपाल सरकारसँगको समझदारीमा अघि बढाएको अभियान कार्यान्वयन लागि स्वदेशीडटकमडटएनपी वेब पोर्टल तयार गरी सञ्चालनमा ल्याइएको हो। 

यो अभियानमा आवद्ध हुन चाहने स्वदेशी उद्योग व्यवसायले वेब पोर्टलमार्फत आवेदन दिन सक्नेछन्। प्राप्त आवेदनमाथि स्वदेशी कार्यसम्पादन समितिले मूल्यांकन गरी मापदण्ड पुरा गरेका व्यवसायलाई अनलाइनमार्फत नै अनुमोदन गरी थप प्रक्रिया अघि बढाउने छ। वस्तु तथा सेवाको स्वदेशमै उत्पादन गर्ने यस्ता उत्पादकले अनलाइनमार्फत् नै स्वदेशीको सदस्यता प्राप्त गर्न सक्ने गरी अनलाइन पोर्टल सञ्चालनमा ल्याइएको हो। 

यो अभियानअन्तर्गत वार्षिक १ हजार उद्योग दर्ता, कूल गार्हस्थ्य उत्पादनमा सन् २०२५ सम्ममा उद्योगको योगदान २२ प्रतिशत पुर्‍याउने, वार्षिक १ हजार औद्योगिक रोजगारी सिर्जना गर्ने र सन् २०२५ सम्ममा ४ अर्ब ६० करोड अमेरिकी डलर बराबरको निर्यात गर्ने लक्ष्य राखिएको छ। 

‘स्वदेशी वस्तुको उत्पादन र उपभोग वृद्धि गरी आत्मनिर्भर अर्थतन्त्रको आधार तयार गर्नु नै मेक इन नेपाल– स्वदेशीको लक्ष्य हो,’ नेपाल उद्योग परिसंघका अध्यक्ष सतिशकुमार मोरले भने, ‘यस अभियानले नेपाली वस्तुको उत्पादन वृद्धि गर्ने, बजारीकरण गर्ने र आन्तरिक तथा बाह्य बजारमा उपभोग बढाउने लक्ष्य राखेको छ।‘

यो अभियानको शुभारम्भ प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ फागुन २४ गते गरेका थिए। यस अभियान कार्यान्वयनका लागि यही असार १० गते उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र परिसंघबीच समझदारीमा हस्ताक्षर भइसकेको छ। 

यस अभियानलाई व्यापकरूपमा अगाडि बढाउन नेपाली वस्तु र सेवामा प्रयोग गर्ने गरी लोगोको पहिचान गरिएको छ। नेपाली उत्पादनको गुणस्तर, परिमाण र मूल्य प्रतिस्पर्धी नभइकन यस अभियानले सार्थकता पाउन नसक्ने भएकाले वस्तु र सेवाको गुणस्तर वृद्धि गर्नु, बजारको माग र निर्यात सम्भाव्यता समेत हेरी उत्पादन वृद्धि गर्नु र उत्पादन लागत कम गरी मूल्य प्रतिस्पर्धी वस्तु र सेवाको उत्पादन र प्रवर्द्धन गर्नुपर्ने संघले जनाएको छ।
 

प्रकाशित: Jul 05, 2021| 11:10 सोमबार, असार २१, २०७८
प्रतिक्रिया दिनुहोस्