शुक्रबार, असोज १६, २०८३

डाबर नेपालले ल्यायो ‘फोर्टिफाइड जुस’

 |  सोमबार, असार २१, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, असार २१, २०७८

काठमाडौं– डाबर नेपालले नयाँ जुस ‘रियल इम्युनो म्यांगो प्लस’ बजारमा ल्याएको छ । यो नेपालकै पहिलो ‘फोर्टिफाइड जुस’ रहेको कम्पनीले जनाएको छ ।

फोर्टिफाइड जुस विश्वभरि नै उपलब्ध भए पनि नेपालको लागि यो बिलकुलै नयाँ उत्पादन भएको कम्पनीले जनाएको छ । “परिवारको रोगप्रतिरोधात्मक शक्तिको आवश्यकताबारे गरिएको बजार अनुसन्धानबाट रियल इम्युनो म्यांगो प्लस तयार पारिएको हो,” कम्पनीले भनेको छ ।

डाबर नेपालका प्रमुख एचएस बेदीले ग्राहकलाई सन्तुष्टि दिन आफ्ना उत्पादन बृहत् बनाउँदै नेपालको नम्बर १ जुस उत्पादक डाबर नेपाल निरन्तर नयाँ उत्पादन बजारमा ल्याउन तत्पर रहेको बताए ।

“कोभिड–१९ को अवस्थामा ग्राहकहरुले रियल इम्युनो म्यांगो प्लसको अवधारणलाई समयानुकूल मानेर ज्यादै सराहना गरेका छन्,” डाबर नेपालका मार्केटिङ प्रमुख अभय गोर्खालीले भने, “प्रोडक्ट डेभलपमेन्टको दौरानमा गरिएको ब्लाइन्ड टेस्ट पनि उपभोक्ताहरुले रियल इम्युनो म्यांगो प्लसलाई पाँचै सेन्सोरियल मापदण्डमा उच्चतम मूल्यांकन गरेका थिए ।”

फोर्टिफाइड म्यांगो जुसको १८० एमएलको मूल्य ३० र एक लिटर प्याकको मूल्य २५० रुपैयाँ कायम गरिएको कम्पनीले जनाएको छ ।
 

प्रकाशित: Jul 05, 2021| 11:08 सोमबार, असार २१, २०७८
प्रतिक्रिया दिनुहोस्