मंगलबार, मंसिर ११, २०८१
  • गृहपृष्ठ
  • समाज
  • यसरी चक्नाचुर भयो ‘क्वार्टर’ सजाउने मन्त्रीहरूको योजना

Siddartha premir insuranceSiddartha premir insurance

यसरी चक्नाचुर भयो ‘क्वार्टर’ सजाउने मन्त्रीहरूको योजना

‘मन्त्रीज्यूले त (७असारमा) मै आवश्यक व्यवस्था गर्नु भन्नुभएको थियो’, संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयका प्रमुख रमेश थपलियाले भने, ‘८ असारमा मात्रै मन्त्री क्वार्टरमा के के आवश्यक छ? के के बिग्रेको छ? त्यसको अध्ययनका लागि कर्मचारी पठायौं।’
 |  शुक्रबार, असार १८, २०७८
nespernesper

प्रेम चन्द

प्रेम चन्द

शुक्रबार, असार १८, २०७८

काठमाडौं– जेठ २७ गते दिउँसो कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा मन्त्रीका रुपमा प्रधानमन्त्री केपी शर्मा ओलीकै नेमप्लेट थियो। ओलीले जेठ २१ मा तत्कालीन कृषि तथा पशुपन्छी विकासमन्त्री पद्माकुमारी अर्याललाई हटाए पनि नयाँ नियुक्त गरिएको थिएन। खाली रहेको कृषि तथा पशुपन्छी मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री ओलीले नै लिइरहेका थिए।

triton college

ओलीले २१ जेठमा एकपटक नयाँ मन्त्री नियुक्त गर्ने क्रममा केही मन्त्रालय खाली राखे। खाली रहेका अधिकांश मन्त्रालयमा मन्त्री नियुक्त भए पनि गृह, कृषि तथा पशुपन्छी, उद्योग वाणिज्य तथा आपूर्ति, सहरी विकास लगायतका मन्त्रालयमा मन्त्री नियुक्त गर्न बाँकी नै थियो। आफैंले सम्हालिरहेको कृषि तथा पशुपन्छी मन्त्रालयको जिम्मेवारी ओलीले २७ जेठमा ज्वालाकुमारी साहलाई दिए।

सो दिन कृषिमा ज्वालासहित गृहमा खगराज अधिकारी, उद्योग वाणिज्य तथा आपूर्तिमा राजकिशोर यादव, सहरी विकास मन्त्रालयमा राजेन्द्र महतो नियुक्त भए। नयाँ नियुक्त मन्त्रीमध्ये कोही मन्त्री जेठ मसान्तभित्रै पुल्चोकस्थित ‘मन्त्री क्वार्टर’ सरिसकेका थिए। कोही भने सर्ने तर्खरमा थिए। 

सहरी विकासमन्त्री राजेन्द्र महतोले ६ असारमा संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयमै पुगी मन्त्री क्वार्टरमा आवश्यक व्यवस्था गर्न निर्देशन दिएका थिए।  

मन्त्रीहरुले आवश्यक मर्मतसुधारका लागि संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयलाई जानकारी गराइसकेका थिए। सहरी विकासमन्त्री राजेन्द्र महतोले ६ असारमा संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयमै पुगी मन्त्री क्वार्टरमा आवश्यक व्यवस्था गर्न निर्देशन दिए।  

Metro Mart
vianet

‘मन्त्रीज्यूले त भोली (७ असारमा) मै आवश्यक व्यवस्था गर्नु भन्नुभएको थियो’, संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयका प्रमुख रमेश थपलियाले भने, ‘८ असारमा मात्रै मन्त्री क्वार्टरमा के के आवश्यक छ? के के बिग्रेको छ? त्यसको अध्ययनका लागि कर्मचारी पठायौं।’

संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयका एक अर्का अधिकारीले भने, ‘पछिल्लो पटक नियुक्ति गरिएका मन्त्रीहरुको क्वार्टरमा सामानको व्यवस्था गर्न दुई पटक बैठकमा गयौं। बैठकमा अलि बढी सामान माग्न खोजिएको थियो।’ ती अधिकारीका अनुसार नयाँ नियुक्त मन्त्रीहरु तामझाम गरेरै क्वार्टर सजाउन चाहन्थे। 

‘पछिल्लो पटक नियुक्त भएकामा चाहिँ लामो समय बस्न पाइने आशा देखिन्थ्यो’, ती अधिकारीले भने, ‘दुई पटकको बैठकमा अलि बढी नै सामान माग गरेका थिए।’

अन्य मन्त्रीसँगको दुई पटकको बैठकपछि नै अध्ययनका लागि कर्मचारी पठाउने तयारीमा रहेको कार्यालयले ६ असारमा तालुकदार मन्त्री महतोको निर्देशन आएपछि कार्यालयले सीडीई महालक्ष्मी जोशी र पवित्रा बस्नेतलाई ८ असारमा अध्ययनका लागि पठायो।  ‘६ असारमा आफ्नै तालुकदार मन्त्रीको निर्देशन आएपछि हामीले ८ असारमा अध्ययनका लागि पठायौं’, कार्यालय प्रमुख थपलियाले भने।

कार्यालयले अध्ययनका लागि कर्मचारी पठाएकै दिन सर्वोच्च अदालतले २१ जेठ र २७ जेठमा नियुक्त भएका मन्त्रीहरुले निरन्तरता नपाउने आदेश जारी गर्‍याे। सर्वोच्चको आदेशपछि स्वाभाविक रुपमा क्वार्टरमा मन्त्रीहरु बस्न नपाउने भए। त्यसपछि कार्यालयले सामान खरिद गर्ने कुरै भएन र चक्नाचुर भयो क्वार्टर सजाउने मन्त्रीहरुको सपना।

के छ मन्त्री क्वार्टरको अवस्था?

सर्वोच्चको आदेशपछि नवनियुक्त मन्त्रीहरु क्वार्टरबाट बाहिरिए पनि कार्यालयले अध्ययन प्रतिवेदन भने तयार पारेको छ। अध्ययन प्रतिवेदनअनुसार मन्त्री क्वार्टरका विभिन्न ब्लकमा पानी चुहिने, विद्युत् सामान बिग्रिने लगायतका समस्या छन्। ए वान ब्लकमा गिजर, रंगीन माला बत्ती र स्यानिटाइजर मेसिन बिग्रेको छ। त्यस्तै ए टु ब्लकमा बरन्डाबाट पानी चुहिने भएकाले मर्मत गर्नुपर्ने, रंगीन बल्भ बिग्रिएको र बाथरुम फस्ल सेट बिग्रिएकाले फेर्नुपर्ने प्रतिवेदनमा उल्लेख छ। त्यस्तै ए थ्रीमा मुख्य प्रवेश र ग्राउन्ड फ्लोमा जाली फेर्नुपर्ने प्रतिवेदनमा उल्लेख छ।

ए फोरमा मुख्य गेटको बत्ती बिग्रेको र स्यानिटाइजर नभएको, ए फाइभमा सुरक्षाकर्मीतर्फका भवनबाट पानी चुहिने, वाइफाइको राउटर बिग्रेको, थप २ वटा राउटर चाहिएको र स्यानिटाइजर मेसिन बिग्रेको छ। कार्यालय प्रमुख थापाले छोटो समयमै मन्त्री फेरिएकाले पछिल्लो पटक कुन ब्लकमा कुन मन्त्री रहेको औंल्याउन नसकिएको बताए।

मन्त्री क्वार्टरको ब्लक बी वानमा छतको पानी किचन र बैठक कोठामा चुहिने समस्या देखिएको, वाल फ्यान ब्रिगेको र प्यानको ठाउँमा कमोड राख्नुपर्ने प्रतिवेदनले औंल्याइएको छ। ब्लक बी टुमा किचनको छतबाट पानी चुहिएको, सुरक्षा गार्ड बस्ने कोठामा बत्ती बिग्रेको, भुइँतलाको बरन्डाको बाथरुमको सिस्टम फेर्नुपर्ने साथै धारा बिग्रेकाले मर्मत गर्नुपर्ने र स्यानिटाइजर मेसिन चुहिएको समस्या रहेको कार्यालयले जनाएको छ।

बी थ्रीमा मेन गेटको बत्ती मर्मत गर्नुपर्ने र स्यानिटाइजर मेसिन सञ्चालन हुन नसकेको प्रतिवेदनमा उल्लेख छ। त्यस्तै बी फोरमा किचेनको वेस्ट पाइप बिग्रेकाले पानी जाम हुने, ३ वटा बाथरुमको सावर स्ट्यान्ड बिग्रिएको र मूल ढोकाअगाडिको ढलबाट पानी पास नभई बाहिर बग्ने समस्या छ।  सिजनल फूल माग गरेको, डोरम्याट नआएको तथा सुरक्षा भवनमा फ्यान आवश्यक रहेको प्रतिवेदनमा उल्लेख छ।

सी वानमा प्रिन्टर बिग्रिएको, टेलिफोन सेटअप गर्नुपर्ने तथा वाइफाइ स्पिड कम भएको समस्या रहेको प्रतिवेदनमा उल्लेख छ। सी टुमा टेलिफोन लाइन सार्नुपर्ने, टेलिफोन राख्नुपर्ने र टीभी केवल लाइन राख्नुपर्ने माग गरिएको छ।

सी थ्रीमा पहिलो तलाको बाथरुमको धारा चुहिएको, किचेनमा छतको पानी पस्ने समस्या रहेको, सुरक्षाकर्मीको धारा बिग्रिएको र मास्टर बेडको गलैंचा नआएको तथा स्यानिटाइजर मेसिन बिग्रिएको छ। सी फोर ब्लकमा केही पनि समस्या नरहेको र सी फाइभमा सुरक्षाकर्मीतर्फ टीभी लाइन बिग्रेको तथा स्यानिटाइजर सकिएको प्रतिवेदनमा उल्लेख छ।

डी वानमा समस्या नरहेको र डी टुमा ३ थान टि–टेबल बिग्रेको, बैठक कोठाको एसी नचल्ने र सुरक्षाकर्मीको भवनतर्फ बत्ती बिग्रेको छ। सो ब्लकमा भुइँतलाको कमोडको फ्लसबाट पानी चुहिने र स्यानिटाइजर नरहेको प्रतिवेदनमा उल्लेख छ। डी थ्रीमा बुकर्याक मर्मत गुर्नपर्ने, वाइफाइले सिटी लाइन जाँदा बन्द हुने इन्भटर आवश्यक, कम्प्युटरमा करेन्ट लाग्ने र मास्टर बेडको नाइट बल्ब बलिरहने समस्या छ।  त्यस्तै सो ब्लकमा मास्टरबेड रुमको दराज हटाउनुपर्ने, टीभी हटाउनुपर्ने र स्यानिटाइजर मेसिन बिग्रिएको छ। डी फाइभमा किचेन र्याक बिग्रिएको र सुरक्षाकर्मी भवनतर्फ रङरोगन गुर्नपर्ने माग रहेको संघीय सचिवालय मर्मत तथा व्यवस्थापन कार्यालयले जनाएको छ।

ललितपुरको मन्त्री निवासमा १९  वटा क्वार्टर छन्।

प्रकाशित: Jul 02, 2021| 01:19 शुक्रबार, असार १८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।