शुक्रबार, असोज १६, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • सार्वजनिक खरिदको काम गर्ने कर्मचारीको योग्यता निर्धारण

सार्वजनिक खरिदको काम गर्ने कर्मचारीको योग्यता निर्धारण

सार्वजनिक खरिद ऐन २०६३ मा सार्वजनिक निकायले खरिदसम्बन्धी कार्य गर्दा सार्वजनिक खरिद अनुगमन कार्यालयले निर्धारण गरेको योग्यता भएको र खरिद कार्यसम्बन्धी ज्ञान भएको वा तालिमप्राप्त गरेको कर्मचारीबाट गराउनुपर्ने व्यवस्था छ।
 |  बिहीबार, असार १७, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, असार १७, २०७८

काठमाडौं- सार्वजनिक खरिद अनुगमन कार्यलयले सार्वजनिक निकायमा खरिदसम्बन्धी कार्य गर्ने कर्मचारीको योग्यता निर्धारण र मापदण्ड स्वीकृत गरेको छ। सार्वजनिक खरिदसम्बन्धी कार्यलाई पारदर्शी, वस्तुनिष्ठ एवं विश्वसनीय बनाउन सार्वजनिक निकायमा खरीद महाशाखा वा एकाइ गठन विधि र सदस्य सङ्ख्या निर्धारणलगायत प्रावधानसहितको योग्यता निर्धारण र मापदण्ड स्वीकृत गरिएको प्रवक्ता विष्णुप्रसाद कोइरालाले जानकारी दिए।

स्वीकृत मापदण्डमा खरिद एकाइ प्रमुख  तथा सदस्यको योग्यता निर्धारण तथा बोलपत्र मूल्याङ्कन समिति र  खरीद सम्झौता व्यवस्थापन/कार्यान्वयनमा काम गर्ने कर्मचारीको योग्यता निर्धारण गरिएको छ। खरीदमा संलग्न कर्मचारीलाई तालिम र क्षमता विकास कार्यक्रम, आन्तरिक  नियन्त्रण प्रणाली र खरीदमा संलग्न कर्मचारीको स्वार्थ बाझिन नहुनेलगायत विषयमा निश्चित आधार, योग्यता र मापदण्ड समावेश गरी त्यसमा संलग्न कर्मचारीको योग्यता निर्धारण मापदण्ड सचिवस्तरीय निर्णयबाट स्वीकृत गरिएको प्रेस विज्ञप्तिमार्फत जानकारी दिइएको हो।

सार्वजनिक खरिद ऐन २०६३ मा सार्वजनिक निकायले खरिदसम्बन्धी कार्य गर्दा सार्वजनिक खरिद अनुगमन कार्यालयले निर्धारण गरेको योग्यता भएको र खरिद कार्यसम्बन्धी ज्ञान भएको वा तालिमप्राप्त गरेको कर्मचारीबाट गराउनुपर्ने व्यवस्था छ।

कार्य प्रकृतिका आधारमा प्रशासनिक, प्राविधिक र लेखासम्बन्धी काम गर्ने कर्मचारीमध्येबाट खरिदसम्बन्धी ज्ञान भएका वा तालिम लिएका कर्मचारीलाई समावेश गरी खरीद एकाइ गठन गरिनुपर्ने छ। मूल्याङ्कन समितिका निर्धारित पदाधिकारीबाहेकका कर्मचारीमध्येबाट वरिष्ठ कर्मचारीलाई खरिद एकाइ प्रमुखको जिम्मेवारी तोक्नुपर्ने छ। 

खरिद सम्झौता व्यवस्थापनमा काम गर्ने कर्मचारी खरीदको प्रकृतिसँग मेलखाने विषयमा प्राविधिक ज्ञान वा  अनुभव भएको हुनुपर्ने मापदण्ड र योग्यतामा उल्लेख छ। -रासस

प्रकाशित: Jul 01, 2021| 14:59 बिहीबार, असार १७, २०७८
प्रतिक्रिया दिनुहोस्