शुक्रबार, असोज १६, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • वर्ल्ड रेमिटबाट खल्ती खातामा पैसा प्राप्त गर्दा २०० रुपैयाँ बोनस पाइने 

वर्ल्ड रेमिटबाट खल्ती खातामा पैसा प्राप्त गर्दा २०० रुपैयाँ बोनस पाइने 

खल्ती डिजिटल वालेटले वर्ल्ड रेमिटबाट पैसा पठाउँदा खल्तीको खातामा सिधै पैसा प्राप्त गर्न सकिने सुविधा ल्याएको छ।
 |  बिहीबार, असार १७, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, असार १७, २०७८

काठमाडौं- खल्ती डिजिटल वालेटले वर्ल्ड रेमिटबाट पैसा पठाउँदा खल्तीको खातामा सिधै पैसा प्राप्त गर्न सकिने सुविधा ल्याएको छ। उक्त सुविधा अन्तर्गत पठाइएको रकम खल्तीबाट प्राप्त गर्ने व्यक्तिले २०० रुपैयाँ बोनस तुरुन्तै पाउनेछन्। 

वर्ल्ड रेमिटसँगको यस सहकार्यले चौबिसै घण्टा ७० भन्दा बढी राष्ट्रहरुबाट नेपालमा रहेको व्यक्तिको खल्ती खातामा चाहे जति रकम सजिलै पैसा प्राप्त गर्न सम्भव बनाएको छ। प्राप्त गर्ने व्यक्तिले खल्ती आइडी बनाई केवाइसी भेरिफाई भने गराएको हुनुपर्नेछ। खल्तीमा पैसा पठाएपश्चात केही नगरी पैसा र बोनस स्वतः दुवै खल्तीमा लोड हुनेछ। यसको विवरण खल्ती एपको कारोबार  सेक्सनमा गई सहजै हेर्न सकिने खल्ती डिजिटल वालेटको रेमिट्यान्स विभाग प्रमुख सौरभराज पाण्डेले जानकारी दिए। 

‘हामी डिजिटल प्लेटफर्ममार्फत् हाम्रा ग्राहकहरुको आवश्यकता पूर्ति गर्न प्रतिबद्ध छौं। हामीलाई विश्वास छ वर्ल्ड रेमिटसँगको यो सहकार्यले संसारको जुनसुकै ठाउँबाट निर्वाद रुपमा सरल र झन्झटरहित तवरले पैसा पठाउन, पाउन र व्यवसायलाई बिना झन्झट अनलाइन भुक्तानी गर्न थप मद्दत मिल्नेछ। भरपर्दो, सस्तो र छिटो सेवा भएकोले यो माध्यम धेरैको रोजाइमा पर्ने विश्वास हामीले राखेका छौँ।’ पाण्डेले भने। 

वर्ल्ड रेमिटका दक्षिण एशियाको लागि कन्ट्री डाईरेक्टर रुजान अहमदले खल्तीसँगको यस सम्झौताले अब ग्राहकहरुलाई सहजै आफ्नो परिवार तथा आफन्तलाई पैसा पठाउन सजिलो बनाएको बताए। 

उनले हरेक समुदायकाहरुलाइ वित्तिय सेवाको पहुँच दिलाई आर्थिक समावेशीकरणको अभियानलाई प्रवर्द्धन गर्ने नेपालकै एक उदयीमान डिजिटल वालेट, खल्तीसँग सहकार्य गर्न पाउँदा उत्साहित भएको बताउँदै यो सेवा ले विदेशबाट पठाइएको रकम नेपालमा खल्तीमार्फत् प्राप्त गर्न धेरै सहज हुनेमा समेत विश्वस्त भएको दाबी गरे। 

प्रकाशित: Jul 01, 2021| 13:59 बिहीबार, असार १७, २०७८
प्रतिक्रिया दिनुहोस्