शुक्रबार, असोज १६, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • १० वटा बैंक तथा वित्तीय संस्थाले पाए मर्जरको अन्तिम स्वीकृति

१० वटा बैंक तथा वित्तीय संस्थाले पाए मर्जरको अन्तिम स्वीकृति

नेपाल राष्ट्र बैंकले १० वटा बैंक तथा वित्तीय संस्थालाई मर्जर तथा प्राप्तिको अन्तिम स्वीकृति दिएको छ।
 |  बिहीबार, असार १७, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, असार १७, २०७८

काठमाडौं- नेपाल राष्ट्र बैंकले १० वटा बैंक तथा वित्तीय संस्थालाई मर्जर तथा प्राप्तिको अन्तिम स्वीकृति दिएको छ। मंगलबार बसेको राष्ट्र बैंकको सञ्चालक समितिको बैठकले २ वटा वाणिज्य बैंक, ४ वटा फाइनान्स र ४ वटा माइक्रोफाइनान्स कम्पनीलाई मर्जर तथा प्राप्तिको लागि अन्तिम स्वीकृति दिएको हो। 

ती बैंक तथा वित्तिय संस्थाले एक महिनाभित्र अन्तिम कारोबार सुरु गर्नुपर्ने हुन्छ तर मंगलबार स्वीकृति पाएका बैंक तथा वित्तिय संस्थाले भने चालू आर्थिक वर्षको अन्तिमसम्ममा एकीकृत कारोबार गर्न सक्नेछन्। 

किनकी चालू आर्थिक वर्ष सकिएपछि सबैले छुट्टाछुट्टै लेखापरिक्षण, वार्षिक साधारणसभालगायतका कामहरु गर्नुपर्ने हुँदा थप खर्च लाग्ने भएकोले उनीहरुले यही असार मसान्तभित्रै एकीकृत कारोबार गर्न सक्छन्। 

राष्ट्र बैंकका अनुसार सिटिजन्स बैंकले सिर्जना फाइनान्सलाई प्राप्ति गर्न र नबिल बैंकले युनाइटेड फाइनान्सलाई प्राप्ति गर्न अन्तिम स्वीकृति पाएको हो। 

त्यस्तै सिवाइसी लघुवित्तले शालिग्राम लघुवित्तलाई, नेपाल फाइनान्सले ललितपुर फाइनान्सलाई र नेशनल माइक्रोफाइनान्सले महिला सहयात्रा लघुवित्तलाई प्राप्तिको अन्तिम स्वीकृति पाएका हुन्।

प्रकाशित: Jul 01, 2021| 13:51 बिहीबार, असार १७, २०७८
प्रतिक्रिया दिनुहोस्