शुक्रबार, असोज १६, २०८३

मनकामना स्मार्ट लघुवित्तको आईपीओ खुल्यो

मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले आज बिहीबारबाट धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन बिक्री खुला गरेको छ। 
 |  बिहीबार, असार १७, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, असार १७, २०७८

काठमाडौं– मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले आज बिहीबारबाट धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन बिक्री खुला गरेको छ। 

कम्पनीले ३ करोड ८९ लाख रुपैयाँ बराबरको ३ लाख ८९ हजार कित्ता सेयर सर्वसाधारण्को लागि बिक्री खुला गरेको हो। प्रतिकित्ता १०० रुपैयाँ मूल्यमा सेयर जारी हुनेछ। 

१२ करोड ११ लाख ५० हजार रुपैयाँ जारी पुँजी रहेको कम्पनीले जारी पुँजीको ३२.११ प्रतिशत साधारण सेयर बिक्री सुरु गरेको हो । 

कम्पनीको आईपीओमा असार १७ देखि २१ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त अवधिमा पर्याप्त आवेदन नपरेमा असार ३१ गतेसम्म आवेदन दिने समय थप हुन सक्नेछ ।

कुल निष्कासन हुने सेयरमध्ये ६ हजार ५८ कित्ता सेयर कर्मचारीहरुका लागि, १९ हजार ४५० कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्ट्याएको छ । बाँकी रहेको ३ लाख ६३ हजार ४९२ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

धितोपत्र निष्कासन तथा बाँडफाँड नियमावलीअनुसार १० कित्ताको दरले बाँडफाँड गर्दा लघुवित्तको आईपीओ ३६ हजार ३४९ जनाले पाउने देखिन्छ ।

इच्छुक लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । लघुवित्तले आईपीओ निष्कासनको लागि धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।

आईपीओ निष्कासनका लागि गराएको क्रेडिट रेटिङमा इक्रा नेपालले लघुवित्तलाई ‘इक्रा एनपी इस्यूअर रेटिङ डबल बी माइनस’ प्रदान गरेको छ । यसले लघुवित्त वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम मात्रामा सुरक्षित रहेको जनाउँछ ।

लघुवित्तको आईपीओमा नेपाल धितोपत्र बोर्डबाट सी–आस्वा सदस्यता प्राप्त बैंक तथा वित्तीय संस्था र मेरोसेयर सफ्टवेयरमार्फत आवेदन दिन सकिनेछ ।

प्रकाशित: Jul 01, 2021| 08:34 बिहीबार, असार १७, २०७८
प्रतिक्रिया दिनुहोस्