काठमाडौं– एनआईबीएल एस क्यापिटल लिमिटेड र देवयानी इन्टरनेसनलबीच सम्झौता भएको छ । एनआईबीएल म्युचुअल फन्डअन्तर्गत सञ्चालित एनआईबीएल सहभागिता फन्डको कर्पोरेट पेरोल एसआईपीअन्तर्गत व्यवस्थित लगानी योजनाको लागि देवयानी इन्टरनेसनलसँग सम्झौतापत्रमा हस्ताक्षर भएको हो।
यस योजनाअन्तर्गत अन्तर्राष्ट्रिय फुड चेन ब्रान्ड सञ्चालन गरिरहेको देवयानीका कर्मचारीहरुले मासिक रुपमा आफ्नो तलबको केही अंश एनआईबीएल सहभागिता फन्डमा व्यवस्थित लगानी योजनाअन्तर्गत लगानी गर्नेछन् ।
उक्त सम्झौतामा देवयनी इन्टरनेसनलका तर्फबाट नायब महाप्रबन्धक रितु राजशाह र एनआईबीएल एस क्यापिटल लिमिटेडका तर्फबाट सहायक महाप्रबन्धक सचिन्द्र ढुंगानाले हस्तारक्षर गरेका छन्।