शुक्रबार, असोज १६, २०८३

कामना सेवा विकास बैंकका एकैदिन दुई नयाँ शाखा

 |  बिहीबार, असार १७, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, असार १७, २०७८

काठमाडौं– कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो सेवा विस्तार गर्ने क्रममा एकैदिन दुई वटा नयाँ शाखा कार्यालय उद्घाटन गरी सञ्चालनमा ल्याएको छ।

मंगलबार काठमाडौं महानगरपालिका–१५ स्थित स्वयम्भूमा र भक्तपुर नगरपालिका–७ स्थित जगातीमा आफ्नो १२६औ र १२७औ शाखा कार्यालय स्थापना गरी कारोबार शुभारम्भ गरेको छ।

हालको विषम परिस्थितिलाई मध्यनजर गर्दै सरकारले तोकेको मापदण्ड भित्र रही बैंकका अध्यक्ष सुदिप आचार्यले उक्त शाखाहरुको उद्घाटन गरेका थिए। उद्घाटन समारोहमा बैंकका सञ्चालक विश्वश्वेर सुवेदी, प्रमुख कार्यकारी अधिकृत लगायत अन्य कर्मचारीहरु उपस्थित भएका थिए भने अन्य सञ्चालकहरुको भर्चुअल उपस्थिति रहेको थियो।

यसै अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले बैंकको वर्तमान अवस्था र भावी कार्ययोजना तथा रणनीतिका बारेमा प्रकाश पारेका थिए। 

प्रकाशित: Jul 01, 2021| 08:25 बिहीबार, असार १७, २०७८
प्रतिक्रिया दिनुहोस्