शुक्रबार, असोज १६, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • इसेवा र रिया मनी ट्रान्सफरबीच डिजिटल रेमिट्यान्स भुक्तानी सम्झौता

इसेवा र रिया मनी ट्रान्सफरबीच डिजिटल रेमिट्यान्स भुक्तानी सम्झौता

 |  बिहीबार, असार १७, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, असार १७, २०७८

काठमाडौं– विश्वकै अग्रणी रेमिट्यान्स सेवा प्रदायक तथा युरोनेट वर्ल्डवाइड इंकको सब्सिडायरी कम्पनी रिया मनी ट्रान्सफर र एफवानसफ्टको भगिनी कम्पनी इसेवा मनी ट्रान्सफरबीच रेमिट्यान्स भुक्तानी सम्झौता भएको छ।

यो सम्झौतासँगै नेपालीहरूले रियाको संजालमा रहेका विश्वका १ सय ६० देशका ४ लाख ७५ हजार भन्दा धेरै स्थानहरूबाट सहजै इसेवा वालेटमा रेमिट्यान्स पठाउन सक्नेछन्।

योे सम्झौताले रिया मनी ट्रान्सफरले विश्वभर रेमिट्यान्सकोे डिजिटल भुक्तानीका लागि गरिरहेकोे प्रयासलाई थप सहयोग पुर्याएको छ र डिजिटल रेमिटेन्स सेवाको बढ्दो महत्वलाई अझ बढी मान्यता दिएको छ। यसले ‘डिजिटल भुक्तानी इकोसिस्टम’ तीब्र रूपमा निर्माण भएका नेपालजस्ता देशहरुमा रेमिट्यान्सकोे क्षेत्रमा ठुलो सहयोग पुग्नेछ। रियासँग अब नेपालको पहिलो र अग्रणी डिजिटल वालेट सेवा प्रदायक इसेवाका ४२ लाख बढी ग्राहकसम्म पहुँच हुनेछ।

प्रकाशित: Jul 01, 2021| 08:23 बिहीबार, असार १७, २०७८
प्रतिक्रिया दिनुहोस्