शुक्रबार, असोज १६, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • एनएमबी बैंकद्वारा ‘एनएमबी सापटी २.०’ कर्जा सेवा सुरु

एनएमबी बैंकद्वारा ‘एनएमबी सापटी २.०’ कर्जा सेवा सुरु

 |  बिहीबार, असार १७, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, असार १७, २०७८

काठमाडौं– एनएमबी बैंकले ‘एनएमबी सापटी २.०’, एक आर्टिफिसियल ईन्टेलिजेन्समा आधारित कर्जा सेवा सुरू गरेको छ।

जस अन्तर्गत कर्जा प्रवाहको लागि आवेदनदेखि सम्पूर्ण कर्जा प्रक्रिया कुनै पनि प्रकारको म्यानुअल हस्तक्षेप विना डिजिटल रूपमै गर्न सकिने जनाएको छ।

यो ‘नेपालमै पहिलो पटक’ चौबीसै घण्टा र सातै दिन पूर्ण स्वचालित रुपमा प्रदान गरिने कर्जा एनएमबी सापटीको निरन्तरता भएको बैंकले जनाएको छ। यस सेवा बैंकसम्म नधाईकनै मोबाइलको प्रयोग बाट आवेदन दिएको ५ मिनेट भित्र नै प्राप्त गर्न सकिन्छ।

एनएमबी सापटी वर्तमान परिवेशलाई ध्यानमा राख्दै व्यक्तिगत कर्जा उपयोग गरिरहेका ग्राहकहरुको व्यक्तिगत र आपतकालीन वित्तीय आवश्यकताहरुको परिपुर्तिको लागी प्रदान गरिने एक छोटो अवधिको धितो विनाको कर्जा हो।

एनएमबीमा व्यक्तिगत कर्जा भएका ग्राहकहरुलाई २४ महिना सम्मको लचिलो अवधि सहित रु। २ लाख सम्म २४ अ‍ै घण्टा र ७ अ‍ै दिन कर्जा तुरुन्त उपलब्ध गराइने छ। ग्राहकहरुले आफ्नो कर्जा चुक्ता अवधि, कर्जा चुक्ता गर्ने प्रकार, कर्जा रकम आफ्नो सहजताको आधारमा छनौट गर्न सक्नेछन्।

प्रकाशित: Jul 01, 2021| 08:21 बिहीबार, असार १७, २०७८
प्रतिक्रिया दिनुहोस्