आइतबार, भदौ ७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • चिकित्सा शिक्षा एकीकृत प्रवेश परीक्षाका विद्यार्थीलाई पीसीआर रिपोर्ट अनिवार्य

चिकित्सा शिक्षा एकीकृत प्रवेश परीक्षाका विद्यार्थीलाई पीसीआर रिपोर्ट अनिवार्य

चिकित्सा शिक्षा आयोगले एकीकृत प्रवेश परीक्षामा सहभागि हुने विद्यार्थीलाई पीसीआर रिपोर्ट अनिवार्य गरेको छ।
 |  बिहीबार, असार १७, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, असार १७, २०७८

काठमाडौं- चिकित्सा शिक्षा आयोगले एकीकृत प्रवेश परीक्षामा सहभागि हुने विद्यार्थीलाई पीसीआर रिपोर्ट अनिवार्य गरेको छ।

आयोगले साउन ९ गतेदेखि स्नातक तहको एकीकृत प्रवेश परीक्षा सञ्चालन गर्ने तय गरेसँगै परीक्षामा सहभागि हुने सवै विद्यार्थीलाई पीसीआर रिपोर्ट अनिवार्य गरेको हो।

साउन ९ देखि १३ गतेसम्म सञ्चालन हुने प्रवेश परीक्षामा सीसीएमसीले परीक्षा सञ्चालनको स्वीकृति दिँदा नै कोभिड-१९ को उच्च जोखिमलाई ध्यानमा राख्दै पीसीआर अनिवार्य गरेको आयोगका प्रवक्ता डिल्ली लुइँटेलले बताए। उनले भने, ‘विद्यार्थीले आफूले चाहेको ठाउबाटै परीक्षा दिन सक्ने भएकाले स्वदेशी विद्यार्थीको हकमा परीक्षा दिनुभन्दा ७२ घन्टा अघिको पीसीआर रिपोर्ट अनिवार्य गरेको छ भने विदेशी विद्यार्थीको हकमा भने ७ दिनको क्वारेन्टिन अनिवार्य गरेको छ।’ 

विदेशी परीक्षार्थी र परीक्षा केन्द्र छनोट नगरेका परीक्षार्थीको हकमा काठमाडौं उपत्यकामा परीक्षा केन्द्र कायम गरिएको आयोगले जारी गरेको सूचनामा उल्लेख गरिएको छ। प्रवेशपत्र पनि विद्यार्थीले परीक्षा सुरु हुनुभन्दा ५ दिनअगाडि अनलाइन माध्यमबाट प्रिन्ट गर्न सक्ने आयोगले सूचनामार्फत जनाएको छ।

प्रकाशित: Jul 01, 2021| 07:03 बिहीबार, असार १७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।