आइतबार, भदौ ७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सशस्त्रमा रिक्त तीन डीआईजीका लागि बढुवा प्रक्रिया सुरू

सशस्त्रमा रिक्त तीन डीआईजीका लागि बढुवा प्रक्रिया सुरू

सशस्त्र प्रहरी बल नेपालमा रिक्त डीआईजीको बढुवा प्रक्रिया सुरू भएको छ।
 |  बिहीबार, असार १७, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, असार १७, २०७८

काठमाडौं– सशस्त्र प्रहरी बल नेपालमा रिक्त डीआईजीको बढुवा प्रक्रिया सुरू भएको छ। प्रशासन विभागका एआईजी एवं डीआईजी बढुवा समितिको सचिवालयका सदस्य सचिव रामशरण पौडेलले सूचना जारी गर्दै बढुवा प्रयोजनार्थ आवश्यक कागजात बुझाउन सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षकहरुलाई आग्रह गरेका छन्।

सशस्त्र प्रहरी नियमावली, २०७२ को नियम ९ को उपनियम (१) (क) वमोजिम साधारण समूहतर्फ बढुवाका सम्भाव्य उम्मेदवार रहेका एसएसपीहरुलाई आफूले प्राप्त गरेको शैक्षिक योग्यता लगायत अन्य आवश्यक पर्ने प्रमाणपत्रको प्रतिलिपिसहित मूल्यांकन फारम भरेर तीन दिनभित्र गृह मन्त्रालय, बढुवा समितिको सचिवालयमा पेश गर्न बुधबार सूचना जारी गरिएको हो।

डीआईजी बढुवाका लागि एसएसपीहरु कालीदास धौबजी, कुमार न्यौपाने, बिदुर खड्का, भेषबहादुर शाह, प्रदीपकुमार पाल, लक्ष्मणबहादुर सिंह र कृष्णराज पाठक लगायत प्रतिस्पर्धामा छन् । 

सशस्त्र प्रहरी बलमा हाल तीनजना डीआईजीको पद रिक्त रहेको छ । तीनमा पद पूर्ति भएपछि क्रमशः एसएसपी, एसपी, डीएसपीसम्मको बढुवा प्रक्रिया अघि बढ्ने सशस्त्र प्रहरी बल नेपालले जनाएको छ । 

‘डिआईजीको बढुवा प्रक्रिया सुरु भएको छ। त्यो पदपूर्ति भएपछि तल खाली हुँदै जान्छ र अन्य पदमा पनि बढुवा हुन्छ,’ सशस्त्र प्रहरी प्रवक्ता डिआईजी राजु अर्यालले भने । 

सशस्त्रमा डिएसपीदेखि डिआइजीसम्म १०६ पद रिक्त रहेका छन्। लामो समयदेखि प्रहरी निरीक्षक देखि प्रहरी नायव उपरीक्षकसम्मको बढुवा हुन सकेको छैन। सबैभन्दा धेरै त प्रहरी निरीक्षकमा भर्ना भएकाहरु १६ वर्षदेखि डीएसपीमा बढुवा हुन सकेका छैनन् ।

प्रकाशित: Jul 01, 2021| 07:05 बिहीबार, असार १७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।