काठमाडौं- नेकपा एमालेको असन्तुष्ट पक्षको स्थायी कमिटी बैठक सुरू भएको छ। बुद्धनगरमा रहेको क्विालिटी ब्याङ्केटमा माधव–झलनाथ पक्षले नेतृत्व गरेको असन्तुष्ट पक्षको स्थायी कमिटीको बैठक सुरू भएको हो।
बैठकले संस्थापन पक्षले बुधबार गरेको निर्णय लगायतका विषयमा छलफल गर्ने जनाएको छ। दसौं महाधिवेशन आयोजक कमिटी भंग गरी पुरानै एमालेको केन्द्रीय कमिटीमा रुपान्तरण गरेको निर्णय गरेको संस्थापन पक्षले शुक्रबार एमालेको केन्द्रीय कमिटीको बैठक बोलाएको छ।
पछिल्लो संस्थापन पक्षको निर्णय र शुक्रबारको बैठकमा सहभागी हुने वा के गर्ने भन्ने विषयमा असन्तुष्ट पक्षले निर्णय गर्नेछ।