सुर्खेत- हुम्लाको नाम्खा गाउँपालिकाले स्थानीयतको निःशुल्क स्वास्थ्य वीमा गरिदिने भएको छ। निःशुल्क वीमा कार्यक्रम आगामी आर्थिक बर्षका लागि ४१ लाख रुपैयाँ बिनियोजना गरेको गाउँपालिकाका अध्यक्ष कर्ण रावलले जानकारी दिए।
गाउँपालिकामा करिव १५०० घरधुरी छन्। ती मध्ये सिमिति नागरिकले मात्रै स्वास्थ्य वीमा गरेका छन्। नागरिकको ज्यू धनको रक्षा गर्ने उद्देश्यले सबै निःशुल्क स्वास्थ्य वीमा कार्यक्रम ल्याएको हो।
‘गाउँपालिकाको आवश्यकता त विकास निर्माण नै थियो। तर, हामीले नागरिकको जीवन रक्षालाई प्राथमिकतामा राखौं,’ उनले भने, ‘जनता नै नरहे विकासको के अर्थ भयो?’ स्वास्थ्य वीमा कार्यक्रमले विपन्न नागरिकको उपचारमा ठूलो राहत मिल्ने गाउँपालिकाको अपेक्षा छ।