आइतबार, भदौ ७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • पहिरोको जोखिममा रहेका हुम्लाका ५ गाउँ स्थानान्तरण गरिने 

पहिरोको जोखिममा रहेका हुम्लाका ५ गाउँ स्थानान्तरण गरिने 

गाउँ नै स्थानान्तरण गर्नुपर्ने भएपछि गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि पुनर्निर्माण कार्यक्रम ल्याएको छ।
 |  बिहीबार, असार १७, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, असार १७, २०७८

सुर्खेत- गत बर्षको साउन ३१ गते हुम्लाको ताँजाकोट गाउँपालिकामा ठूलो विपत्ति पर्‍यो। बाढी र पहिरोले गाउँबस्ती चिरा–चिरा पर्‍यो। पालिकाभर ३४४ धरमा पूर्णरुपमा क्षति पुग्यो। भाग्यबस स्थानीय भागेर ज्यान जोगाउन सफल भए। पहिरोका कारण गाउँ बस्न अयोग्यो भयो। अन्ततः बाढी र पहिरोको जोमिखमा रहेका ५ वटा गाउँ स्थानान्तरण (अर्को ठाउँमा सार्ने) गर्नुपर्ने अवस्था सिर्जना भयो। 

गाउँ नै स्थानान्तरण गर्नुपर्ने भएपछि गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि पुनर्निर्माण कार्यक्रम ल्याएको छ। ५ गाउँलाई स्थानान्तरण गर्नका लागि गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि ३ करोड बजेट छुट्याएको छ। बिनियोजित बजेटबाट स्थानीयको आवाश, विद्यालय, खानेपानी, चौतारो, स्वास्थ्यचौकीलगायतका भौतिक संरचना निर्माण गर्ने गाउँपालिकाको योजना छ।

स्थानान्तरण गर्नुपर्ने ३८० घरधुरीमध्ये आगामी आर्थिक वर्षमा १५० घर पुननिर्माण गर्ने लक्ष्य राखेको छ। ‘३८० वटै घर पुनर्निर्माण गर्नुपर्ने छ, आगामी आर्थिक वर्षमा १५० घर मात्रै बनाउन सक्छौं,’ गाउँपालिकाका अध्यक्ष बाग्दल मल्लले भने, ‘बजेट अभावका कारण सबै घर पुनर्निर्माण गर्न असम्भव भयो।’ केन्द्र र प्रदेश सरकराले पर्याप्त बजेट नदिएका कारण बस्ती स्थानान्तरण र पुनर्निर्माणमा चुनौतिपूर्ण रहेको मल्ले बताए। प्रदेश सरकारले थोरै बजेट उपलब्ध गराए पनि केन्द्रले हालसम्म एक रुपैयाँ बजेट नदिएको उनको गुनासो छ।

गाउँपालिकाले बाढीपहिरोले क्षतिग्रस्त भएका वडा नम्बर ३ र ४ का ५ वटा गाउँलाई सुरक्षित ठाउँमा स्थानान्तरण गर्ने योजना बनाएको छ। मल्लका अनुसार नम्बर ३ को छापागाउँ, काठेओखर, डाँडापानी र दमाइबाडा गाउँलाई सोही वडाको थारमारे र वडा नम्बर ४ को उत्तिसेनी गाउँलाई सोही वडाको भकारेमा स्थानान्तरण गरिने छ। 

भकारेमा हाल २४ घर निर्माण भइरहेका छन्। जसका लागि थारमारेमा आगामी आर्थिक वर्षमा १२६ वटा घर निर्माण गरिसक्ने गाउँपालिकाले लक्ष्य छ। स्थानान्तरण गरिन थालेका बस्तीमा वर्षादेखि बाढी पहिरोको जोखिममा परेका बस्तीहरू हुन्। भिरालो जमिनका कारण सुख्खायाम र वर्षायाममा ती बस्ती पहिरोको जोखिमा छन्। प्रदेश र केन्द्र सरकारले आर्थिक सहयोग गरेको खण्डमा भने गाउँपालिकाले ३८० वटा नै घर निर्माण गर्ने योजना बनाएको छ।

प्रकाशित: Jul 01, 2021| 05:33 बिहीबार, असार १७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।