अविरल वर्षासँगै मेलम्ची खोलामा पानीको बहाव फेरि बढेको छ।
गत हप्तामात्रै वितण्डा मच्चाएको मेलम्ची खोलामा फेरि पानीको बहाव बढेपछि स्थानीय त्रसित भएका छन्।
यही असार १ गते र असार ५ गतेको बाढीले जोगाएको खोला किनाराका घर तथा संरचना र खेतीयोग्य जमिनसमेत अहिलेको वर्षाले कटान गरिरहेको मेलम्चीका स्थनीय शिक्षक देवि श्रेष्ठले जानकारी दिए।
बुधबार दिउँसोदेखि निरन्तर परेको पानीले हेलम्बुदेखि मेलम्चीसम्मको बस्ती जोखिममा परेको भन्दै प्रहरीले त्यस क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार तटीय क्षेत्रहरूमा अझै बाढी आउनसक्ने भएकाले सुरक्षित स्थानमा गएर बस्न आग्रह गरिएको छ।