काठमाडौं- 'जनस्वास्थ्य संकटको बेला अनुसन्धान नीति र कर्यान्वयनको लागि प्रमाण’ भन्ने नाराका आजदेखि स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकको सातौं शिखर सम्मेलन सुरु हुँदैछ।
हरेक वर्ष अप्रिल १० देखि १२ गतेसम्म हुँदै आएको सम्मेलन यस वर्ष कोरोना महामारीका कारण आज र भोली हुँदैछ। नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले आयोजना गर्न लागेको सम्मेलन भर्चुअल माध्यमबाट हुने छ।
सम्मेलनमा स्वदेशी तथा विदेशी अनुसन्धानकर्ताहरूले ४७ वटा अनुसन्धान मुलक कार्यको मौखिक प्रस्तुति, १९ वटा पोस्टर प्रस्तुति र २४ वटा आमन्त्रित प्रस्तुती रहने बताइएको छ। दुई दिने सम्मेलनको पहिलो दिनमा कोभिड १९ र जनस्वास्थ्य संकट, नसर्ने रोग तथा स्वास्थ्य प्रणाली र नीति सम्बन्धि आमन्त्रित विज्ञहरू र प्रस्तुतकर्ताहरूको प्रस्तुति रहनेछ।
सम्मेलनको दोस्रो दिन स्वास्थ्य तथा जनसंख्याका विभिन्न ६ वटा विषयमा छलफल हुनेछ। जसमा मातृ तथ नवजात शिशु, बाल स्वास्थ्य तथा जेष्ठ नागरिक स्वास्थ्य, कार्यान्वनात्मक अनुसन्धान, संक्रामक रोगहरू, षोषण, मानसिक स्वास्थ्य र दुर्व्यसन, वातावरणीय स्वास्थ्य, औषधिजन्य र वायोमेडिकल अनुसन्धानलगायतका विषयमा प्रस्तुतिकरण हुने परिषद्ले जानकारी दिएको छ। कार्यक्रमलाई डब्ल्यूएचणओ दक्षिण पूर्वी एसियाकी प्रमुख डा. पुनम क्षेत्रपालसिंहले मुख्य वक्ताको रुपमा सम्बोधन गर्ने छिन्।