सोमबार, असोज १९, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • नोबेल विजेता युनुसका तीन सूत्र जसले मानवलाई संकटबाट बचाउन सक्छ  

नोबेल विजेता युनुसका तीन सूत्र जसले मानवलाई संकटबाट बचाउन सक्छ  

‘हामीले विश्वलाई गरिबी, बेरोजगारी र कार्बनरहित बनाउनुपर्छ। त्यसको यात्रा आजैबाट सुुरु हुनुपर्छ। यसका लागि हामीसँग जे छ त्यो लिएर अघि बढौं र अरूलाई पर्खने समय छैन’, युनुसले भने।
 |  बिहीबार, असार १७, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, असार १७, २०७८

काठमाडौं– नोबेल शान्ति पुरस्कार विजेता प्रोफेसर मोहम्मद युनुसले तीन शून्यको (शून्य गरिबी, बेरोजगारी र हरितगृह ग्यास उत्सर्जन) बाटो अवलम्बन गरे मानव जाति ठूलो संकटबाट बच्न सक्ने बताएका छन्।  ११ औं सामाजिक व्यवसाय दिवसका अवसरमा आयोजित नेपाल फोरमलाई विशेष सम्बोधन गर्दै उनले तीन शून्यको अवधारणा साकार पार्न सामाजिक व्यवसायको विकास गर्नुपर्ने बताए। सन् २००६ को नोबेल शान्ति पुरस्कार विजेता युनुस बंगलादेश ग्रामीण विकास बैंकका संस्थापक हुन्।

अहिलेको पुँजीप्रधान आर्थिक प्रणालीको पुनर्संरचना गरेर सामाजिक उत्तरदायित्व वहन गर्ने खालको आर्थिक प्रणाली लागू गर्नुपर्ने र त्यसका लागि सामाजिक व्यवसायको अवधारणाअनुरुप अघि बढ्नुपर्ने धारणा युनुसको छ।  उनले तीन शून्यको अहिलेको विश्वको अपरिहार्य रहेकाले ढिलो नगरी यसको कार्यान्वयनतर्फ आ–आफ्नो क्षेत्रबाट लाग्नुपर्नेमा जोड दिए। कोरोना महामारीले विभेद र खतरा पैदा गर्ने हिजोको आर्थिक प्रणालीको पुनर्संरचना गर्ने महत्त्वपूर्ण अवसर दिएको उनको भनाइ छ।

थ्री जिरो क्लब अवधारणाअनुसार १२ देखि ३५ वर्ष उमेर समूहका युवालाई नेतृत्व पंक्तिमा राखेर उनीहरुसँग भएको ऊर्जा तथा प्राविधिक क्षमतालाई समुन्नत विश्व बनाउन उपयोग गरिनेछ। 

‘हामीले विश्वलाई गरिबी, बेरोजगारी र कार्बनरहित बनाउनुपर्छ। त्यसको यात्रा आजैबाट सुुरु हुनुपर्छ। यसका लागि हामीसँग जे छ त्यो लिएर अघि बढौं र अरूलाई पर्खने समय छैन’, युनुसले भने। युनुसले अब युवा पुस्तालाई पनि विश्वका यस्ता असमानता तथा ठूला समस्याबारे जागरुक र सचेत बनाउन थ्री जिरो क्लबकोे शुभारम्भ गरेको जानकारी गराए। थ्री जिरो क्लब अवधारणाअनुसार १२ देखि ३५ वर्ष उमेर समूहका युवालाई नेतृत्व पंक्तिमा राखेर उनीहरुसँग भएको ऊर्जा तथा प्राविधिक क्षमतालाई समुन्नत विश्व बनाउन उपयोग गरिनेछ। 

स्वावलम्बन विकास केन्द्रका अध्यक्ष तथा कार्यक्रमका सभापति शंकरमान श्रेष्ठले नेपाल फोरमले गरिबी निवारण, शून्य बेराजगारी र शून्य कार्बन उत्सर्जनको पथमा अघि वढ्न घच्घच्याएको भनाइ राखे। श्रेष्ठले गरिबी, बेरोजगारी र हरितगृह ग्यासले उत्पन्न गरेको भयावह परिणाम मानव जातिका लागि विकराल समस्याका रुपमा अगाडि आएकाले यसको समाधान गरी विश्वलाई समृद्धशाली बनाउन साझा प्रयास गर्नुपर्ने बताए। 

‘हामीसँग समस्या समाधान गर्न स्रोत र साधनका साथै ज्ञान र सीप पनि छन्। आर्थिक स्रोत पनि पर्याप्त छ तर हामीमा संस्कार र संकल्पको कमी छ। त्यसैले संस्कार र संकल्पका साथ हामीसँग भएको क्षमता प्रदर्शन गर्नु जरुरी छ’, श्रेष्ठले भने।

प्रकाशित: Jul 01, 2021| 00:33 बिहीबार, असार १७, २०७८
प्रतिक्रिया दिनुहोस्