बिहीबार, मंसिर ४, २०८२

ओलीजी विधि र पद्धति मिचेर फेरि उल्टो बाटो हिँड्नुभयो

ओलीले एकलौटी रुपले गरेको निर्णयलाई त कसरी मानेर जान सकिन्छ? हाम्रो त बटमलाइन नै जेठ २ नै हो नि। त्योभन्दा दायाँबायाँ जाने त काम हुँदै हुन्न। जे जति नेताकार्यकर्ता थप्ने हो वा अन्य निर्णय गर्ने हो पहिले एमाले बैठक बस्नुपर्छ र निर्णय गरेर अघि बढ्नुपर्छ।
 |  बुधबार, असार १६, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, असार १६, २०७८

दसौं महाधिवेशन आयोजक कमिटी भंग गर्नु ठिकै हो। नेताहरुमाथि गरिएको कारबाही फुकुवा गर्ने निर्णय पनि सकारात्मक नै छ। तर सर्वोच्च अदालतले नै आयोजक कमिटी अवैध भनिसकेको अवस्थामा कमिटी बैठक बोलाउनै नहुने थियो। यसले त अदालतको आदेश नमानेको देखियो। आयोजक कमिटीमा हामीलाई पनि बोलाइएको थियो। तर हामी जाने कुरा भएन। 

National life

२०७५ जेठ २ को नेकपा एमालेको स्थायी कमिटीको बैठक बोलाउनुपर्थ्यो। त्यही स्थायी कमिटी बैठकबाट केन्द्रीय कमिटी डाक्नुपर्ने थियो। हामीसहितको स्थायी कमिटी बैठक बसेर केन्द्रीय कमिटीको बैठकको मिति तय गरिएको भए राम्रो हुने थियो। एमालेकै पदाधिकारीहरु सम्मिलित बैठक बसेर बादललगायतका थप्नुपर्ने नेता त्यही बेला मिलाएर निर्णय गर्नुपर्दथ्यो। उहाँले फेरि हामीलाई माइनस गरेर एकलौटी रुपमा काम गर्नुभयो। यो विधि र तरिका गलत भयो। 

नेताहरुबीच अलिअलि रिसराग त हुन्छ नै। पार्टीभित्र केही असमझदारी हुन्छन्। ओलीले नेता नेपालको पदीय गरिमालाई नै आँच आउने गरेर बोले पनि कम्तीमा पार्टी मिल्ने स्थिति बनाउने हो भने त उहाँ लचक हुनुपर्थ्याे नि। 

हामीले त नवौं महाधिवेशनबाट बनेका कमिटीका बैठक राख्नुपर्ने भनिरहेका छौं। कम्तीमा पनि वरिष्ठ नेता माधवकुमार नेपालसँग बसेर छलफल गर्न सकिन्थ्यो। नेताहरुबीच अलिअलि रिसराग त हुन्छ नै। पार्टीभित्र केही असमझदारी हुन्छन्। ओलीले नेता नेपालको पदीय गरिमालाई नै आँच आउने गरेर बोले पनि कम्तीमा पार्टी मिल्ने स्थिति बनाउने हो भने त उहाँ लचक हुनुपर्थ्याे नि। 

एमाले बलियो बनाउन ओलीले छलफल र संवाद गर्नुभएन। जेजस्तो भए पनि नेतृत्वका हिसाबले उहाँले पहल गर्नुपर्ने थियो। सुल्टो बाटोबाट गएको भए वातावरण राम्रो हुन्थ्यो तर ओली उल्टोजी बाटो हिँड्नुभयो फेरि। हामीले विधि र पद्धतिबाट पार्टी चल्नुपर्छ भनिरहेका बेला उहाँले फेरि विधि मिच्ने काम गर्नुभयो। यसले एकता कमजोर बनाउने काम गर्छ। 

Laxmi sunrise bank
kumari

ओलीलाई काम गर्न नजान्ने भनौं भने पार्टीको अध्यक्ष हुनुहुन्छ। जान्ने भनौं भने विधि मिच्ने, मनपरी गर्ने र निहुँ खोज्ने काम गर्दै आउनुभएको छ। अब हामी पनि छिट्टै बैठक बसेर सल्लाह गर्छौं। त्यही बैठकको छलफलबाट उल्टो काम गर्नेलाई सुझाव दिन्छौं। 

उहाँले एकलौटी रुपले गरेको निर्णयलाई त कसरी मानेर जान सकिन्छ? हाम्रो त बटमलाइन नै जेठ २ नै हो नि। त्योभन्दा दायाँबायाँ जाने त काम हुँदै हुन्न। जे जति नेताकार्यकर्ता थप्ने हो वा अन्य निर्णय गर्ने हो पहिले एमाले बैठक बस्नुपर्छ र निर्णय गरेर अघि बढ्नुपर्छ। एकताका लागि त हाम्रो पनि त सहभागिता हुनुपर्‍याे। त्यो नभई कसरी स्वीकार्न सकिन्छ? ओलीले हतारहतार निर्णय गरेर हुँदैन। उहाँको संकीर्णता, अझै निहुँ खोज्ने र विधि मिच्ने प्रवृत्ति कायमै छ। हामी पनि केही न केही निष्कर्ष निकाल्छौं।

(नेकपा एमाले उपाध्यक्ष शाक्यसँग गरिएको कुराकानीमा आधारित )

प्रकाशित: Jun 30, 2021| 09:55 बुधबार, असार १६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सहकारीमा सुशासन र स्वनियमन

सहकारीलाई व्यवस्थित, मर्यादित र प्रभावकारी रुपमा सञ्चालन गराउनेतर्फ सबै उत्तिकै जिम्मेवार हुन जरुरी छ। भविष्यमा पनि यस्ता समस्या दोहोरिन नदिन सरकार, सहकारी र निजी क्षेत्रले...

पुँजीवादको चास्नीमा डुबेर दुब्लाएको माओवादी

माओवादी नेतामा विकसित व्यक्तिवादी मनोविज्ञानले उनीहरूलाई गणेश बनाएको छ। उनीहरू गाउँमा गएर कार्यकर्ता तथा जनतासँग घुलमिल गर्नु भन्दा पनि प्रचण्डलाई महादेव मानेर परिक्रमा लगाउन तल्लिन...

उग्र राष्ट्रवादले 'फ्रिज' बनेको नेपाल-भारत सम्बन्ध र प्रचण्ड सरकारको कार्यभार

'नेबरहुड फर्स्ट' को नीति लिएको भारतले नेपालसँग 'विशेष सम्बन्ध' रहेको सार्वजनिक स्वीकार्यको विषय नै बनेको छ। यद्यपि बेलाबेला नेपाल-भारत सम्बन्धमा निकै ठूला उतारचढावहरु पनि आउने...

सपना देख्न सिकाउने 'मैले नदेखेको सपना'

गिरीको पुस्तकमा गाउँबेसीको महक छ अनि सहरको चमकधमक पनि। पुस्तकमार्फत् उनी  बारम्बार गाउँ पुग्छन् र त्यहाँको सुन्दरतासँगै रुढि, अज्ञानता अनि अशिक्षा पनि देखाउँछन्।

अंक र अनुहारमा अल्झेको समावेशीकरण

प्राविधिक पक्षलाई ध्यान दिएर संख्या परिपूर्ति गर्दा पनि केही न केही लाभ सिमान्तकृत तथा पिछडिएको वर्ग, समुदाय र लिंगलाई हुन्छ नै तर जुन गतिमा उनीहरुको...