सोमबार, असोज १९, २०८३

लघुवित्त कोष स्थापना गर्न माग

संघले मर्जमा जाने लघुवित्तलाई राइट सेयर जारी गर्न दिनुपर्ने, पुँजी पर्याप्तताको स्थिति अनुसार हकप्रद सेयर जारी गर्न दिनुपर्ने माग गरेका हुन्। 
 |  बुधबार, असार १६, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, असार १६, २०७८

काठमाडौं- नेपाल लघुवित्त बैंकर्स संघले विशेष लघुवित्त कोष स्थापना गर्न नेपाल राष्ट्र बैंकसँग माग गरेको छ। राष्ट्र बैंकले जारी गर्न लागेको मौद्रिक नीतिका सम्बन्धमा सुझाव दिन बुधबार गएको संघले यस्तो सुझाव दिएको हो। 

कोभिड–१९ को दोस्रो लहरलगायत हालको विषम परिस्थितिका कारण लघुवित्त वित्तीय संस्थाहरुमा परेको अल्पकालीन तथा दिर्घकालीन असरलाई दृष्टिगत गर्दै विशेष कोषको व्यवस्था गर्न संघले माग गरेको हो। समस्याग्रस्त लघुवित्तलाई उद्धार गर्न कोषको व्यवस्था गर्नुपर्ने संघको भनाइ छ। 

संघले मर्जमा जाने लघुवित्तलाई राइट सेयर जारी गर्न दिनुपर्ने, पुँजी पर्याप्तताको स्थिति अनुसार हकप्रद सेयर जारी गर्न दिनुपर्ने माग गरेका हुन्। 

आपसमा लघुवित्त संस्था गाभिँदा दिइने सुविधा थप प्रभावकारी बनाउन करमा सहुलियत दिनुपर्ने संघको माग गरेको छ। शाखा गाभिने क्रममा ऋणी सदस्य गाभिँदा कर्जा सीमामा ल्याउने समय सीमा न्यूनतम १ वर्ष राख्नु पर्ने, गाभिए पश्चातको संस्थाको स्थापना वर्ष जेठो संस्थाको स्थापना वर्षको आधारमा कायम गर्नेलगायतका थप प्रोत्साहनको व्यवस्था गर्न उपयुक्त हुने सुझाव संघको छ। आगामी मौद्रिक नीतिमा संघले राष्ट्र बैंकलाई १४ बुँदामा सुझाव दिएको हो। 
यस्तो छ सुझावको पूर्णपाठ:

प्रकाशित: Jun 30, 2021| 09:26 बुधबार, असार १६, २०७८
प्रतिक्रिया दिनुहोस्