काठमाडौं- सरकारले नेपाल स्टक एक्सचेन्ज (नेप्से) अध्यक्षमा दीर्घराज मैनालीलाई नियुक्त गरेको छ।
अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाका प्रमुख रहेका मैनालीलाई सोमबार सरकारले नेप्से अध्यक्षमा नियुक्त गरेको हो।
उनी यसअघि राजस्व अनुसन्धान विभागका महानिर्देशक थिए। अध्यक्षमा लक्ष्मण न्यौपानेको कार्यकाल सकिएपछि मैनालीलाई जिम्मेवारी दिएको हो।