आइतबार, भदौ ७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • नायब महान्यायाधिवक्ताको आरोप- राजनीतिक अस्थिरताको कारण अदालत हो

नायब महान्यायाधिवक्ताको आरोप- राजनीतिक अस्थिरताको कारण अदालत हो

पाण्डेले अदालतको आदेशका कारण देशमा अस्थिरता भएको आरोप लगाएपछि संवैधानिक इजलासका न्यायाधीश ईश्वर खतिवडा रोष प्रकट गरेका थिए। 
 |  मंगलबार, असार १५, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, असार १५, २०७८

काठमाडौं- नायब महान्यायाधिवक्ता पदम पाण्डेले नेपालमा राजनीतिक अस्थिरताको कारण अदालत भएको आरोप लगाएका छन्। प्रतिनिधि सभा विघटनको मुद्दामा मंगलबार सरकारी पक्षबाट बहस गरिरहेका पाण्डेयले यस्तो आरोप अदालतमाथि लगाएका हुन्। 

पाण्डेले अदालतको आदेशका कारण देशमा अस्थिरता भएको आरोप लगाएपछि संवैधानिक इजलासका न्यायाधीश ईश्वर खतिवडा रोष प्रकट गरेका थिए। 

'भारत र हामी विपरीत भयौँ। २०५२ सालमा विघटन बदर भयो। त्यसपछि पनि विघटन बदर भयो। स्थायित्व कहिल्यै आएन। पटकपटक सरकार परिवर्तन भए। भारतमा विघटनले स्थायित्व ल्यायो। नेपालमा अस्थिरता ल्याएको कुरा कसरी हेर्ने? न्यायाधीश खतिवडाको प्रश्न थियो, 'नेपालमा राजनीतिक अस्थिरताको एक मात्र कारण अदालतका फैसला भएको तपाईंको कुरालाई कसरी हेर्ने? कसरी पुष्टि गर्नुहुन्छ?'

प्रकाशित: Jun 29, 2021| 08:44 मंगलबार, असार १५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।