आइतबार, भदौ ७, २०८३

प्रदेश १ को संसद् बैठक आज पनि अबरुद्ध

नेकपा माओवादी केन्द्रले मंगलबार पनि प्रदेशसभा बैठक अबरुद्ध गरेको छ। माओवादी केन्द्रका सांसदहरुले उठेर विरोध जनाएपछि सभामुख प्रदिपकुमार भण्डारीले बैठक स्थगित गरेका हुन्।
 |  मंगलबार, असार १५, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, असार १५, २०७८

विराटनगर– नेकपा माओवादी केन्द्रले मंगलबार पनि प्रदेशसभा बैठक अबरुद्ध गरेको छ। माओवादी केन्द्रका सांसदहरुले उठेर विरोध जनाएपछि सभामुख प्रदिपकुमार भण्डारीले बैठक स्थगित गरेका हुन्। 

भौतिक पूर्वाधार विकास मन्त्री अम्विरबाबु गुरुङले आएतबार संसदमा दिएको अमर्यादित भनाइमा माफी माग्नुपर्ने र नेकपा एमालेले प्रदेश सभामा पेश भई छलफलमा रहेको बजेट पुनर्लेखनको अभ्यास गरिरहेको र त्यो गैरसंसदीय र असंवैधानिक कार्य हुने भन्दै त्यस विषयमा सरकारले स्पष्ट पार्नुपर्ने माग गर्दै प्रदेशसभा बैठक अवरुद्ध पार्दै आएको छ ।

सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्कीले संसदको गतिरोध अन्त्य गर्ने विषयमा छलफल भइरहेको बताए। 

मुख्यमन्त्री शेरधन राईले मन्त्री गुरुङ र माओवादी सांसद मोहनकुमार खड्का दुवैले माफी मागेर बैठक सुचार हुने बताए। सांसद खड्काले मन्त्री गुरुङलाई लक्षित गरेर प्रदेशसभा बैठकमा बोलेका थिए। सांसद खड्काले उठाएका विषयमा जवाफ दिने क्रममा मन्त्री गुरुङले व्यक्तिगत आलोचना गरेका थिए।

प्रकाशित: Jun 29, 2021| 08:42 मंगलबार, असार १५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।