आइतबार, भदौ ७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रधानन्यायाधीश राणाको प्रश्न- राष्ट्रपतिले देउवाको दाबी जाँच गर्ने मौका किन दिनुभएन? 

प्रधानन्यायाधीश राणाको प्रश्न- राष्ट्रपतिले देउवाको दाबी जाँच गर्ने मौका किन दिनुभएन? 

बहुमत सांसदको हस्ताक्षरसहित प्रधानमन्त्रीमा दाबी गर्ने व्यक्तिलाई राष्ट्रपतिले नियुक्त गर्नका लागि अधिकार दिइएको होइन भन्दै प्रश्न गरेका हुन्। 
 |  मंगलबार, असार १५, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, असार १५, २०७८

काठमाडौं- प्रधानन्यायाधीस चोलेन्द्र शम्शेर जबराले प्रधानमन्त्रीमा शेरबहादुर देउवाको दाबीलाई जाँच गर्ने मौका राष्ट्रपतिले किन नदिएको भन्दै नायब महान्यायाधिवक्ता पदमप्रसाद पाण्डेलाई प्रश्न गरेका छन्। प्रतिनिधि सभा विघटनको मुद्दामा मंगलबार सरकारका तर्फबाट बहसमा सहभागी पाण्डेलाई प्रधानन्यायाधीश राणाले यस्तो प्रश्न उठाएका हुन्। 

'बहुमत सांसदको हस्ताक्षरसहित प्रधानमन्त्रीमा दाबी गर्ने व्यक्तिलाई राष्ट्रपतिले नियुक्त गर्नका लागि अधिकार दिइएको होइन?,' उनको प्रश्न थियो, 'नेपालको संविधानको धारा ७६ को उपधारा (५) को प्रक्रिया पूरा नगरेकोमा प्रश्न उठेको हो। दुई (केपी शर्मा ओली र शेरबहादुर देउवा) मध्ये एकलाई प्रधानमन्त्रीमा नियुक्त नगर्ने यो व्यवस्था हो कि होइन? भारतलगायतमा के अभ्यास भएको छ?'

राष्ट्रपतिले प्रधानमन्त्रीमा गरेको दाबी विश्वसनीय हुने आधार प्रस्तुत गर्ने मौका दिनुपर्ने र त्यसका लागि विकल्प खोज्नुपर्ने समेत उनको आशय थियो। 'राष्ट्रपतिले दाबीकर्ताको आधार र त्यसको विकल्प खोज्नु पर्थ्यो कि पर्दैनथ्यो?,' प्रधानन्यायाधीश राणको प्रश्न थियो।

उनले राष्ट्रपतिको कदमको बचाउमा बहस गरेका थिए। यसपछि न्यायाधीश मिरा खड्काले राष्ट्रपतिको कामको न्यायिक पुनरावलोक गर्ने काम अदातलको भएको तर प्रधानमन्त्रीमा दाबीकर्ताको आधार जाँच गर्ने प्रतिनिधि सभामा अधिकार राष्ट्रपतिले किन हनन गरेको भन्दै प्रश्न उठाएकी थिइन्। 'प्रधानमन्त्रीमा दाबीकर्ताको आधार ठिक छ कि छैन? त्यस्लाई जाच्ने प्रतिनिधिसभा त छँदै थियो नि होइन र?' भन्दै न्यायाधीश खड्काले प्रश्न गरेकी थिइन्।  

प्रधानमन्त्रीमा १४९ जना सांसदको हस्ताक्षरसहित दाबी गरेका देउवाको दाबीलाई राष्ट्रपतिले खारेज गर्दै जेठ ८ प्रतिनिधि सभा विघटन गरेकी थिइन्। 

प्रकाशित: Jun 29, 2021| 08:06 मंगलबार, असार १५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।