आइतबार, भदौ ७, २०८३

सवारी दुर्घटनामा परी ५ जनाको मृत्यु  

– देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ।
 |  मंगलबार, असार १५, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, असार १५, २०७८

काठमाडौं– देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ। सिरहा नगरपालिका–१३ स्थित सडकमा स१ त ३९७२ नम्बरको ट्याक्टर आफैं अनियन्त्रित भई सोमबार राति दुर्घटना हुँदा ट्याक्टर चालक सोही नगरपालिका–१६ बस्ने २२ वर्षीय सुरज गोइतको घटनास्थलमै मृत्यु भएको छ। 

यस्तै धनुषाको मिथिला नगरपालिका–७ सुखजोर पुल नजिक सडकमा ना३ ख ५१८३ नम्बरको ट्रक र बागमती प्रदेश ०२–०२३ प ६२४० नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई सोमबार बिहान दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा मोटरसाइकलमा सवार ताप्लेजुङ फदिङमा गाउँपालिका बस्ने ४५ वर्षीय अमर लिङदेन र मोटरसाइकल चालक पाँचथर हिल्याङ गाउँपालिका–३ बस्ने ३५ वर्षीय सागर लिङ्देन छन्। अमरको मोडेल अस्पताल लालगढमा र सागरको नर्सिङ होम विराटनगरमा उपचारका क्रममा मृत्यु भएको हो। ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

झापाको बुद्धशान्ति गाउँपालिका–४ बर्नेचोकस्थित सडकमा ना२ ख ९२६६ नम्बरको ट्रक र को८ प ७४२२ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई दुर्घटना हुँदा मोटरसाइकलमा सवार भद्रपुर नगरपालिका–३ बस्ने ३५ वर्षीय मनकुमार राईको मृत्यु भएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको बीएन्डसी अस्पताल बिर्तामोडमा उपचारका क्रममा सोमबार मृत्यु भएको हो। साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ। ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

यस्तै कपिलवस्तुको यशोधरा गाउँपालिका–७ सुल्तनापुरमा खेत जोत्ने क्रममा लु४ त ६६५६ नम्बरको ट्याक्टरबाट खसेर सोही गाउँपालिका–५ सुठौली बस्ने नबी मुसलमानका १४ वर्षीय छोरा आरिफ खानको सोमबार साँझ मृत्यु भएको छ। 

प्रकाशित: Jun 29, 2021| 06:57 मंगलबार, असार १५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।