आइतबार, भदौ ७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रधानन्यायाधीशको प्रश्नः विश्वासको मत पाए/नपाएको घोषणा सदनमा सभामुखले गर्ने होइन? 

प्रधानन्यायाधीशको प्रश्नः विश्वासको मत पाए/नपाएको घोषणा सदनमा सभामुखले गर्ने होइन? 

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले नायव महान्यायाधिवक्ता पदम पाण्डेयलाई विश्वासको मत पाए/नपाएको घोषणा सदनमा सभामुखले गर्ने होइन भन्दै प्रश्न गरेका छन्। 
 |  मंगलबार, असार १५, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, असार १५, २०७८

काठमाडौं- प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले नायव महान्यायाधिवक्ता पदम पाण्डेयलाई विश्वासको मत पाए/नपाएको घोषणा सदनमा सभामुखले गर्ने होइन भन्दै प्रश्न गरेका छन्। 

मंगलबार सरकारको तर्फबाट बहस गर्दै पाण्डेयले प्रधानमन्त्री ओलीले संविधानमा भएको व्यवस्थाअनुसार नै संसद् विघटन गरेको बताएपछि जबराले प्रश्न गरेका हुन्।

‘विश्वासको मत पाए/नपाएको घोषणा सदनमा सभामुखले गर्ने होइन? कार्यविधि त त्यही होइन? त्यो व्यक्त गर्ने कहाँ हो? कसमार्फत् गर्ने हो? सदनमा पुग्दैन भने कहाँ हुने हो?,’ उनले प्रश्न गरे।

जवाफमा पाण्डेयले प्रधानमन्त्री ओलीले विश्वासको मत प्राप्त गर्न नसक्ने निश्चित भएकाले विघटन गरेको बताए। विश्वासको मत संसदमा प्रस्तुत गर्नुपर्छ भन्ने नरहेको पाण्डेयको भनाइ छ।

प्रकाशित: Jun 29, 2021| 06:38 मंगलबार, असार १५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।